कमल गाउँपालिकामा नमुना युवा सांसद वैठकको अभ्यास

0
1342

उमानाथ भण्डारी,
कमल ।

विहिवार अपरान्न पौने २ बजे कमल गाउँपालिका वडा नम्वर ५ स्थित कोभिड अस्पतालको सभाहलमा पुग्दा त्याँहा राष्ट्रपतिले सभामुख, उपसभामुख , प्रधानमन्त्री, मन्त्रीलाई सफतग्रहरण गराउदै हुनुहुन्थ्यो । यो दृश्य हेर्दा लाग्थ्योकी साँच्चिकै मन्त्रीमण्डल फेरवल भएछ र राष्ट्रपतिले नयाँ मन्त्री मण्डललाई सफत ग्रहरण गराउनु भएको भन्ने अनुभुती हुन्थ्यो ।

तर त्यो दृश्य देश हाक्ने मन्त्रीमण्डलको नभएर कमल गाउँपालिकाको आयोजना तथा कारितास नेपालको साझेदारीमा सञ्चालन भएको नमुना युवा सांसद वैठकको अभ्यास थियो ।

चैत १ गते देखी ५ गते सम्म सञ्चालन भएको नमुना युवा संसद कार्यशालाको नमुना युवा संसद अभ्यास तथा समापन कार्यक्रममा युवा संसदले गरेको छोटो अभ्यास मात्र थियो ।

संसद बैठकको सुरुमा सभामुख (जेनीसा भण्डारी) ले अर्थमन्त्री (दिपेश संजेल) लाई बैठकमा बजेट प्रस्तुत गर्ने समय दिनुभयो । त्यसपछि गृहमन्त्री (हेमराज वोहोरा) लाई सुरक्षा निती प्रस्तुत गर्न समय उपलब्ध गराउनु भएको थियो ।मन्त्री हरुले आफ्नो प्रस्तुती गर्दा साच्चिकै बैठक सन्चालन भएको अनुभुती भएको थियो ।

त्यस लगत्तै सभामुखले शिक्षा युवा तथा खेलकुद मन्त्रीलाई (सिसन राई) शिक्षा निती प्रस्तुत गर्न समय उपलब्ध गारउनु भएको थियो । बैठकमा महिला तथा बालबालिका मन्त्री (सरस्वता गौतमले आफ्नो मन्त्रालयको तर्फबाट शिक्षा निती प्रस्तुत गर्नु भएको थियो ।

त्यस पछि स्वस्थ्य तथा सामाजिक सुरक्षा मन्त्री (युना बस्नेत) ले आफ्नो मन्त्रालयको तर्फबाट शिक्षा तथा सामाजिक सुरक्षा निती प्रस्तुत गर्नु भएको थियो ।

मन्त्री हरुले आफ्नो मन्त्रालयका तर्फ बाट बजेट निति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि संसदलाई तर्कयुक्त प्रश्न, राय, सुझाव राख्नकालागी सभामुखले संसदलाई ३ मिनेटको समय दिनुभएको थियो। समय दिना साथ प्रतिपक्षका संसदले सरकारबाट प्रस्तुत गरिएका बजेट निति तथा कार्यक्रममा सुझाव दिएका थिए ।

अन्तिमा प्रतिपक्षदलका नेता (आदर्श सिग्देल)ले सरकारद्वारा प्रस्तुत गरिएको कार्यक्रम माथी सुझाव सहित आफ्नो भनाई राख्नु भएको थियो । त्यसपछि अन्तिमा प्रधानमन्त्री (दिवश न्यौपाने ) ले सरका तर्फ बाट प्रस्तुत गरिएका बजेट निति तथा कार्यक्रमको बारेमा आफ्नो भनाई राखेपछि बहुमतले सरकार द्वारा प्रस्तुत गरिएको बजेट निति तथा कार्यक्रम पास भएको सभामुखले जानकारी गराउनुभयो ।

संसद बैठक सकिना साथ औपचारीक कार्यक्रम सुरु भएको थियो औपचारीक कार्यक्रममा बोल्दै १ नम्वर प्रदेशका सांसद अर्जुन राईले भन्नुभयो “ तपाईहरको प्रस्तुति अत्यन्तै सुन्दर छ । तपाईकरुको मेहनतले नै आज यस्तो सुन्दर प्रस्तुती दिन सफल हुनुभएको छ ।” हाम्रो पालामा यस्तो थिएन सुरु देखी नै यस्तो संसदिय अभ्यास हुने हो भने अहिलेको यो अवस्था आउने थिएन । तपाईहरु नेता मात्र नभएर समाज परिवर्तनका लागी उदाहरण बन्न सक्नुहोस तपाईहरुलाई शुभकामना छ ।

राज्य सन्चालनको प्रक्रिया ,व्यवस्थापकिय भुमिका कस्तो हुन्छ , त्यसलाई कसरी अगाडी बढाउन सकिन्छ राम्रा र नराम्रा पक्ष के हुन र ति कुरा बुझ्न सकेमात्र भोली राज्यलाई सम्वृद्धि बनाउन सकिन्छ र जनता खुशीहुने हुन्छन् यसमा युवाहरुको भुमिका महत्वपुर्ण हुने भएकोले यो कार्यक्रम आयोजा गरिएको कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोखरेलले बताउनुभयो ।

यस्ता कार्यक्रमले समाज रुपान्तरणमा सहयोग पुग्छ । भोली कमल गाउँपालिका हाँक्ने जिम्वेवारी तपाईहरुको हो । कार्यक्रम हेर्दा लाग्थ्यो कि तपाईहरु साच्चिकै सरकारको नेतृत्व र सरकार चलाई राख्नु भएको छ । विभिन्न विषयमा जानकारी लिनुभएको छ र प्रतिपक्षले पनि आफुले निर्वाहा गर्नुपर्ने भुमिका विषयगत रुपमा उठान गर्नु भएको छ । यो अच्यन्तै राम्रो भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

नमुना युवा सांसद वैठकको अभ्यासमा कमल गाउँपालिकाका सात वटै वडा बाट ३७ जना युवा सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here