प्रतिनिधिसभामा आयोगका वार्षिक प्रतिवेदन पेश

0
1111

काठमाडौँ,

प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here