कचनकवलमा ‘रेजिलेन्ट स्कुल फर ईम्प्रुभ्ड लर्निङ’ परियोजना सञ्चालन

0
919

दमक,

नारी कल्याण समाज झापाले गुड नेवर्स ईन्टरनेश्नल नेपालको सहकार्यमा झापाको कचनकवल गाँउपालिकाका बिभिन्न विद्यालयमा स्वच्छ खानेपानी सहित भौतिक संरचना निर्माण गरिरहेको जनाएको छ ।

गाँउपालिकाका ८ वटा बिद्यालयमा ‘रेजिलेन्ट स्कुल फर ईम्प्रुभ्ड लर्निङ’ परियोजना सञ्चालन गरिरहेको र उक्त परियोजना सञ्चालनका लागी पहिलो चरणमा करिब डेढ करोड रुपैयाँ खर्च भैरहेको नारी कल्याण समाज झापा अध्यक्ष प्रेमा भट्टराईले जानकारी दिनुभयो ।

कचनकवल वडा नम्बर १ को बुद्ध मावि, वडा नम्बर ४ को महेन्द्ररत्न मावि र वडा नम्बर ५ को जानकी आधारभुत बिद्यालयमा आपाङमैत्री अत्याधुनिक भवन सहित सेनिटरी प्याड सहितको महिला मैत्री सौचालय निर्माण भैरहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

त्यसैगरी स्थानिय शिव मावि, मोती मावि, लक्ष्मि मावि, जनकी मावि, लक्ष्मिप्रसाद देवकोटा मावि र सरश्वती आधारभुत बिद्यालयमा शौचालय मर्मत तथा खानेपाली व्यवस्थापनको काम समेत भैरहेको उहाँले बताउनुभयो ।

सो क्षेत्रका प्रदेश सांसद बसन्त बानियाँको पहलमा ति परियोजनाहरु सञ्चालन भैरहेको संस्थाकी संस्थापक अध्यक्ष कमला उप्रेतीले जानकारी दिनुभयो ।
परियोजना सञ्चालन भैरहेका ८ वटा बिद्यालयका अभिभावक, शिक्षक र बिद्यार्थिको लागी ६ दिने क्षमता अभिबृद्धि तालिम समेत आइतबारबाट सुरु गरिएको छ ।

प्रदेश सांसद बानियाँको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा कचनकवल वडा नम्बर ६ का वडाध्यक्ष कुलबहादुर कार्की, सामाजिक व्यक्तित्व नवराज खरेल लगायतको उपस्थिति रहेको थियो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सांसद बानियाँले प्रदेश सरकारका तर्फबाट समेत संस्थासंग सहकार्य गर्न सकिने बताउनुभयो । तालिममा ७० जनाको सहभागिता रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here