बाल सुबोधिनीद्वारा अप्सरालाई सम्मान

0
1203

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयले वर्ष उत्कृष्ट आमाका रुपमा अप्सरा रायमाझीलाई सम्मान गरेको छ ।

मङ्गलवार विद्यालयमा आयोजित आमा भेलाकाबिच रायमाझीलाई प्रमुख अतिथि मेचीनगर नगरपालिका १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेल र विशिष्ट अतिथिहरु कार्यपालिका सदस्य बिन्दा प्रसाईँ र विद्यालयका पूर्व प्रधानाध्यापक भोला सुबेदीले संयुक्त रुपमा सम्मान गरेका थिए ।

सोही कार्यक्रमकाबीच दाताहरुले स्थापना गरेको अक्षय कोषबाट जनही १ हजार १ सय दरको देवीप्रसाद नैनकला छात्रवृत्ति र हिमादेवी छात्रवृत्ति विद्यालयका १२ जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न भेलामा प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य बद्रीनाथ फुँयलले स्वागत गरेको कार्यक्रममा नगर परिषद् सदस्य लाल महमद मियाँ, विशिष्ट अतिथि प्रसाईँ, प्रमुख अतिथि पोखरेल लगायतले मन्तव्य राख्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा आमाहरुको योगदानका बारेमा चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here