पञ्चमी–यासोक सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते

0
757

पाँचथर ।

पञ्चमी–यासोक सडक खण्ड अन्तर्गत फाल्गुनन्द–५ को सुलुम्फिमा बुधबार ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा इलाम फाकफोकथुम- ७,निवासी डम्बर बहादुर ईम्सुहाङका छोरा अन्दाजी वर्ष २२ का पदम ईम्सुहाङ गम्भिर घाइते भएका छन् ।
मे १ ज ४१६ नम्बरको ट्याक्सी यासोकबाट दमक जाने क्रममा विहान करिब साढे ९ बजे विहान उकालो बाटोमा ब्रेक फेल भइ पछाडी बग्दा सडकमा पल्टिएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज रामनारायण माझीले जानकारी दिए ।

घाइतेलाई घुर्बिसेमा रहेको फाक्तेप स्वास्थ्य चौकीमा प्राथमिकता उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको उनले बताए ।
गाडीमा सवार अन्य यात्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here