गजलकार सुब्बाको ‘सम्झनाको आँधी’ विमोचन

0
946

युद्धबहादुर बोहोरा,
पाँचथर ।

कवि तथा गजलकार सन्देश सुब्बाको गजलसङ्ग्रह ‘सम्झनाको आँधी’ मंगलबार विमोचन भएको छ ।

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा प्रमुख अतिथि वरिष्ठ गजलकार ललिजन रावलद्वारा पुस्तक सार्वजनिक गरिएको हो ।

पाँचथरको फिदिममा रहँदै संचार क्षेत्रमा आवद्ध सुब्बाको उक्त सङ्ग्रह दोस्रो कृति हो । यसअघि उनको ‘आगोको सौन्दर्य’ कवितासङ्ग्रह प्रकाशित भइसकेको छ ।

गजलसङ्ग्रह ‘सम्झनाको आँधी’ विमोचन कार्यक्रममा राजनीतिज्ञद्वय वीर नेम्बाङ, श्रीप्रसाद जबेगू साथै प्राज्ञ अमर तुम्याहाङले लेखकलाई शुभकामना दिएका थिए ।

उक्त समारोहमा साहित्यकारहरु बिमला तुम्खेवा, सकुन्तला जोशी र प्रकाश आङदेम्बेले उनको लेखन माथि प्रकाश पारेको संस्कृति बचाउ अभियानका अभियान्त बच्चु हिमांशुले जानकारी दिए ।

गजलसङ्ग्रह ‘सम्झनाको आँधी’लाई निम्बल पब्लिकेशनले बजारमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here