तक्षशिलाको लक्ष्य ‘गुणस्तरीय शिक्षा’

0
787

बिर्तामोड।

झापाको बिर्तामोडमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्घोषका साथ स्थापना भएको तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) को १४औं बार्षिकोत्सव तथा होलीमिलन कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड–१९को संक्रमणको जोखिम तथा स्थानीय प्रशासनको सूचनालाई समेत ध्यानमा राखी आवश्यक सुरक्षा मापदण्ड अपनाएर विद्यालयले जिल्लाका प्रतिष्ठित व्यक्तित्व तथा अभिभावकलाई छुट्टाछुट्टै समय तालिका अनुसार विद्यालयमा उपस्थित गराएर कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले साँस्कृतिक कार्यक्रमसहित १४औं बार्षिकोत्सव र होलीमिलन कार्यक्रम गरेको हो ।

बिर्तामोड–६ घण्टीबारीस्थित दुई विगाह क्षेत्रफलमा २० करोड रुपैयाँभन्दा बढीको लागतमा स्थापना भएको बिद्यालयमा विद्यार्थीहरुका लागि ओलम्पिक मिनी स्वीमिङ पुल, फुटवल ग्राउण्ड, वास्केटबल ग्राउण्ड, साइन्स ल्याव, कम्युटर ल्याव, आर्ट रुम सञ्चालनमा रहेको फाउण्डेशनका अध्यक्ष दीपक गिरीले बताए ।

विद्यालयमा सार्वजनिक पुस्तकालय सञ्चालनमा रहेको र उक्त पुस्तकालय अन्य विद्यालयका विद्यार्थीहरुका लागि समेत खुल्ला गर्ने निर्णय गरिएको उनले बताए । बिद्यालयकी प्रिन्सिपल तथा निर्देशक श्रद्धा गिरी बोहोराले सानैदेखिको बिद्यालय सञ्चालन गर्ने सपना रहेको बताउँदै आवश्यक प्राविधिक ज्ञानसहित शान्त वातारणमा बिद्यार्थीको चाहना अनुसारको गुणस्तरीय शिक्षा बिद्यालयमा दिइने बताइन् । विद्यालयमा अत्याधुनिक सुविधासम्पन्न ल्याबहरु रहेकाले प्रविधिमैत्री शिक्षा विद्यार्थीले तक्षशिलामा प्राप्त गर्ने उनले बताइन् ।

तक्षशिलाले विद्यार्थीको स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर उनीहरुलाई सिक्ने वातावरण सृजना गरी खेल्दै र रमाउँदै तालिम प्राप्त दक्ष शिक्षकहरुले सिकाउने वातावरण वनाएको उनले वताइन् । विद्यालयले विश्वस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउँदै उनले अध्ययनका लागि काठमाडौं, भारत र अन्य देशमा जानुनपर्ने जानकारी दिइन् ।

त्यस्तै फाउण्डेशनका अध्यक्ष दीपक गिरीले बिद्यालयले कक्षा १२ सम्मको स्वीकृति लिइसकेकोे बताउँदै हाल कक्षा–७सम्म अध्यापन भइरहेको जानकारी दिए । हरेक बर्ष कक्षा ‘अपग्रेड’ गरी १२ कक्षासम्मको पठनपाठन गराइने बताउँदै उनले कक्षा–७ सम्मको अध्यापन भइरहेको बिद्यालयमा दुई सय २२ जना बिद्यार्थी अध्ययनरत् रहेको अध्यक्ष गिरीले बताए ।

फाउण्डेशनका संस्थापक पूजा गिरीले स्वागत गरेको कार्यक्रममा बिद्यालयका निर्देशकहरु मनिष गिरी, अंकित गिरीसहित अभिभावक, बिद्यार्थी, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीले विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here