ताप्लेजुङ।

ताप्लेजुङको पाथिभरा याङबरक गाऊपालिका–४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिपर र्दुघटना एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
सोमबार राती १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक सिन्धुली कमलमाई ४ बस्ने २४ बर्षीय यामकुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए ।
घाईते मध्ये कृष्ण बिकको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको थियो भने अन्य दुई जना घाईतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।































