आचार संहिता उल्लघन गर्ने २४ जना उम्मेद्वारलाई सचेत गराईयो

0
1163

काँकडभिट्टा,

आगामी चैत २१ गते शनिवार हुने काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि आचार संहिता उल्लघन गरेको भन्दैं निर्वाचन समितिले राजनैतिक दलका दुईखेमाका उम्मेद्वारलाई पहिलो पटक सचेत गराएको छ ।

नेकपा एमाले र राप्रपाको गठबन्धन साझा उम्मेदवार र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन लोकतान्त्रिक प्यानलका २४ जना उम्मेद्वारलाई पहिलो पटक निर्वाचन समितिले सचेत गराएको निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

यी दुई समूहका उम्मेद्वारले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन समितिको कार्यालयमा कारवाहीका लागि पदका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सुवेदी किरणले सोमबार मुद्दा दर्ता गराउनुभएको थियो । कारवाही स्वरुप पहिलो पटक २४ जना उम्मेद्वारका नाममा सचेत पत्र लेखेको समितिले जनाएको छ ।

‘काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि आचार संहिता उल्लघन भएको छ’ निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले भन्नुभयो— ‘यी दुई समूहका उम्मेद्वारले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन समितिको कार्यालयमा कारवाहीका लागि पदका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सुवेदी किरणले प्रमाणसहित मुद्दा दर्ता गराएको र यसमा निर्वाचन समितिको ध्यानाकर्षण भएपछि समितिको बैठकले पहिलो पटक उम्मेद्वारलाई सचेत गराउने काम भएको छ । ’ पुनः कुनै पनि उम्मेद्वारले निर्वाचन आचार संहिता उल्लंघन गरे स्पष्टीकरण सोधिने र तेस्रो पटक यस्तै गल्ती दोहोर्याए उम्मेद्वारी नै खारेज गरिने संयोजक उप्रेतीको भनाई छ ।

निर्वाचन समितिले जारी गरेको काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि १८ बुँदे आचार संहिताको ३ नम्वर बुँदामा प्रचार प्रसारका क्रममा पेपर मिडिया (पत्रपत्रिका) तथा इलेक्ट्रोनिक मिडिया टेलिभिजन रेडियो) मा विज्ञापन गर्न नपाईने उल्लेख छ ।

तर, दुवै समूहका उम्मेदवारले निर्वाचन समितिले जारीको काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि आचार संहिताको उल्लघन गर्दै निर्वाचन समितिलाई चूनौती दिदैं दैनिक र साप्ताहिक पत्रिकामा उम्मेदवारको फोटो सहित प्रचारका विज्ञापन गरेको भन्दै प्रकाशित पत्रिकासहित उपाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार सुवेदीले निर्वाचन समितिमा कारवाहीका लागि मुद्दा दर्ता गराउनुभएको थियो ।

तर, निर्वाचन समितिले जारी गरेको काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि आचार संहिताको ठाडै उल्लघन गर्दा समेत सामान्य सचेत मात्र गराएर निर्वाचन समिति उम्कन खोजेको भन्दैं अन्य दल र स्वतन्त्र उम्मेद्वारले निर्वाचन समितिमाथि टिप्पणी गरेका छन् । ‘ ‘निर्वाचन समिति नाम मात्रैको भयो ’ एकजना उम्मेद्वारले भने— ‘समितिमा पनि दलकै प्रतिनिधि छन् त्यही भएर यसबाट समितिले पन्छिने काम मात्र गर्यो ।’

लोकतान्त्रिक प्यानलका प्रचार प्रसार समितिका संयोजक सुर्यप्रकाश उप्रेती र साझा समूहका प्रचार प्रसार समितिका संयोजक देवकुमार राईले यस विषयमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिनु बढो लाजमर्दाे भएको अन्य उम्मेद्वारको टिप्पणी छ । ‘ भन्न चाँहि प्रचार प्रसार समितिको संयोजक भन्ने अनि आफ्ना उम्मेद्वारले निर्वाचन आचार संहिता उल्लंघन गर्दा सम्म अनविज्ञता प्रकट गर्ने यो भन्दा लाजमर्दाे अरु केही हुन सक्छ ? एकजना उम्मेद्वार भने नाटक गर्नु को पनि सीमा हुन्छ नि ? ’

उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सुवेदीले यस विषयमा मुद्दा दर्ता गरेपछि समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले मंगलबार वैठक बसेर यसको किनारा लगाउने बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here