बिउ पुँजी सहयोगपाएपछि युवा हर्षित

0
966

विमल दहाल, माई ।

इलामको माई नगरपालिका–४ का सञ्जय दुलालले अहिले च्याउको टनेल बनाई सकेका छन् ।

पाँच बर्षका लागि जग्गा लिजमा लिई उनले ब्यबसाय सञ्चालन शुरु गरेका हुन् । उनको यो ब्यबसाय पहिलो चै हाईन । यस अघि उनले घरमा नै च्याउ ब्यबसाय सञ्चालन गरी हजारौ आम्दानी गरी सकेका छन् । माई–१ का मदन मगर अहिले गाई फार्म सञ्चालन गर्दै छन् ।

माई–१ कै प्रतिमा राई कुखुरा ब्यबसायलाई ब्यबसायिक आम्दानीको श्रोत बनाउन सकृय छिन् । उनी परिबारको सहयोगमा यो ब्यबसाय सञ्चालन गर्न शुरु गरेकी हुन । माई–८ का बिर्ख मगर पनि कुखुरा पालन ब्यबसायलाई आफ्नो पेशा बनाएका छन् । माई–५ का टंंक लिम्बू बाख्रा पालन ब्यबसायमा सकृय छन । उनको गोठमा अहिले ३० बटा बाख्रा रहेका छन । यी मात्र होईन माई नगरपालिकमा उनीहरु जस्तै ५ सय ४३ जना युवाहरु अहिले केही न केही ब्यबसाय गर्दै आयआर्जनमा सकृय रहेका छन ।

ब्यबसाय सञ्चालन गर्न उनीहरु नगर स्तरीय युवा सशक्तिकरणमा आबद्ध भएका छन् । उनीहरुलाई माई नगरपालिका, एडब्लुओ र मानब अधिकार मञ्च नेपाल इलामले सिप बिकास तालिम र बिऊ पुँजी समेत सहयोग गरि हौसला दिएको छ । जीविकोपार्जनका लागि सुरक्षित आप्रवानि र स्व–उद्यमशिलता सम्बन्धी युवा सशक्तिकरण समुहको क्षमता विकास र परिचालन मार्फत बेचविखन बिरुद्ध अभियान कार्यक्रम अन्तरगत उनीहरु सीप विकास तालिम लिई ब्यबसाय सञ्चालन गरेका हुन् । मंगलबार एक कायक्रमका बीच ७० जना युवालाई ८ लाख रुपैया बिँऊ पुँजी र प्रोत्साहान रकम प्रदान गरिएको छ ।

स्थानीय स्तरको श्रोत परिचालन मार्फत जीबिकोपार्जन सहयोग गर्दै ब्यवसायिक कृषिलाई प्रवद्र्धन गर्न ६० जनालाई नगद १२ हजार ४ सय ८५ रुपैयाका दरले र १० जनालाई ब्यबसायिक योजना अनुरुप ५ हजारका दरले नगद प्रदान गरिएको हो ।

माई नगरपालिकाको समन्वयमा एडब्लुओ र मानब अधिकार मञ्च नेपाल इलाम मुख्य साझेदार रहेको कार्यक्रममा ब्यबसायिक तालिम लिई सिप प्राप्त गरेका युवाहरुलाई पहिलो चरणमा सहयोग प्रदान गरेको हो । बिँऊ अनुदान सहयोग कार्यक्रममा प्रमुख अथिति रहेका माईका मेयर दिपक कुमार थेबेले निर्वाहामुखी पेशामा लाग्दै आएका युवाहरुलाई उद्यम विकास तालिम पछीे आधुनिक पेशा ब्यबसाय गर्न प्रोत्साहीत गर्न बिँउपुजी प्रदान गरिएको जानकारी दिए । मेयर थेबेले युवहरुलाई लक्ष्य, उद्देश्य, इच्छा शक्क्ति सहित दृढ संकल्पका साथ आधुनिक प्रबिधिको प्रयोग गर्दे करोडौको आम्दानी गर्न युवालाई शुभकामना दिए ।

कार्यक्रमको बिशेष अतिथि उपमेयर बिष्णुमाया आचार्यले सीप विकास तालिम लिएका युवाहरुलाई आर्थिक आर्जन गरी परिबार र समुदायलाईनै समृद्धि प्राप्त गर्ने सुझाव दिईन । उनले माईमा ६ सय जना युवाहरुले ब्यवसायिक सीप विकास तालिम लिएको बताउदै युवा मार्फत कृर्षिमा चाडै आत्मानिर्भर हुने दाबी गरिन ।

कार्यक्रम अन्तरगत आप्रवासबाट फर्किएका पिडित तथा परिबारको सामाजिक पुर्नस्थापनामा सहयोग, सचेतना, ब्यबसायिक सीप बिकास तालिम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैबीच जनप्रतिनिधि, कर्मचारी, युवा सशक्तिकरण सञ्जालका प्रतिनिधि र सरोकार युवा ब्यबसायी लगायत सय जना भन्दा बढी सहभागी रहेको कार्यक्रमको सहजीकरण मानब अधिकार मञ्च नेपालका सुरेश पोर्तेल, योगराज सापकोटा, सन्तोष मगर लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता युवा सशक्तिकरण संजाल माईका अध्यक्ष दिपेन्द्र सुब्वाले गरेकोे जनाईएको छ । सन २०१८ बाट शुरु भएको कार्यक्रम इलामको माई नगरपालिका, रोङ गाँउपालिकामा सञ्चालित छ भने यस आर्थिक बर्षबाट चुलाचुली र माईजोगमाई गाँउपालिकामा सञ्चालन रहने कार्यक्रम फोकल पर्सन निरुता थापाले जानकारी दिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here