कांग्रेस सभापति देउवा झापा आउदैं

0
1299

दिपेन लावती,
शान्तिनगर ।

नेपाली कांग्रेसका पाटी सभापति तथा पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवा झापा आउने भएका छन् । चैत्र २३ गते सोमवार देउवा झापा आउने कार्यक्रम छ । उक्त दिन विर्तामोड निवासी नेपालको लोकतान्त्रिक आन्दोलनका एक सक्रिय योद्धा, पार्टीको जीवन्त इतिहास स्व.गिरीराज कुमारी प्रसाईको निवासमा नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने श्रद्धान्जली कार्यक्रममा सहभागी हुने जिल्ला सभापति उद्धव थापाले जानकारी दिए ।

उनका अनुसार झापामा रहदाँ चैत्र २४ गते मंगलवार नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिको नवनिर्मित पाटी कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । सोही कार्यक्रम पछि तत्कालिन माओवादी द्धन्दकालमा मारिएका याम आचार्यको शालिक अनावरणमा सहभागी हुने जिल्ला सभापति थापाले जनाए ।

वि.स.२०७१ सालमा शहिद याम आचार्य स्मृति प्रतिष्ठान स्थापना गरी उनको कर्मथलोमा पद्मा आचार्यबाट १० धुर जग्गा किनेर शालिक बनाउने तयारी गरिएको थियो । २०७३ सालमा तत्कालिन कानुन मन्त्री तथा सांसद नरेन्द्र विक्रम नेम्वाङले शालिकको शिलान्यास गरेका थिए । वजेट अभावका कारण छिटो काम गर्न नसकिएको प्रतिष्ठानका सचिव राजु आचार्यले बताए । उनका अनुसार तत्कालिन जिल्ला विकास समिति झापा मार्फत १ लाख रुपैयाँ र प्रतिष्ठानका अध्यक्ष तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले १ लाख ७५ हजार रुपैयाँको वजेटवाट काम शुरु गरिर्एको थियो ।

विभिन्न संघ–सस्था र स्थानीय तहसंग वजेट माग गर्दै शालिक अनावरण सम्मको स्थितिमा आइपुगेको शालिक निर्माण समितिका अध्यक्ष तथा बुद्धशान्ति गाउँ समिति सभापति चक्रराज शेर्माले बताए । शालिका निर्माण शुरु भए यता बुद्धशान्ति गाउँपालिकाले क्रमागत रुपमा रु ८ लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएपछि शालिक अनावरण चरणमा पुगेको हो । अहिले शालिक परिषरमा सरसफाई र कार्यक्रम स्थल बनाउने काम भइरहेको छ । उनको निधन भएको १९बर्षपछि शालिक निर्माणपछि अनावरण हुने भएको हो । शालिक परिषरमा २ कोठाको कार्यालयसंगै कार्यक्रम स्थल पनि छ ।

उक्त कार्यक्रममा पूर्वका विभिन्न जिल्लावाट पाटीका नेता÷कार्यकर्ताको बाक्लो उपस्थिति रहने आयोजकले अपेक्षा राखेको छ । चैत्र २४ गतेको शालिक अनावरण कार्यक्रम सम्पन्न गर्न विभिन्न उप–समिति गठन गरिएको छ । प्रचार–प्रसार समितिको संयोजक मणी उप्रेती, आर्थिक व्यवस्थापन संयोजक खगेन्द्र मैनाली, गेट तथा टेन्ट ब्यवस्थापन संयोजक विरेन्द्र शेर्मा, मन्च ब्यवस्थापन संयोजक महिला सञ्जाल, व्यानर तथा फुल व्यवस्थापन संयोजकमा क्रमश विष्णु रिमाल र ज्ञानु थापा छन् भने पार्किङ र स्वयम्–सेवक व्यवस्थापन तरुण दल र नेविसंघले गर्नेछन् ।

सो शालिक अनावरण कार्यक्रम सम्पन्न गर्न करिव १ लाख ५० रुपैयाँ वढी खर्च हुने अनुमान आयोजकको छ । शहिद याम आचार्यको श्रीमती र २ छोरी छन् । पाटीले याम आचार्यलाई शहिद घोषणा गरेपनि सरकारले शहिद घोषणा गरेको छैन् । उनको वि.स.२०५८ श्रावण ७ गते वेलुकी ८ः४५ वजे तत्कालिन माओवादिले गोली हानि हत्या गरेको थियो । झापामा दुई दिनको कार्यक्रम सकेर सभापति देउवा २४ गते वेलुका काठमाडौं फर्कने जिल्ला सभापति थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here