मेची-काेसी ब्युरो अन्तर्गतका जिल्लामा भित्तेलेखन तथा संगठन विस्तार अभियान

0
598

प्रविण अधिकारी,
झापा।

नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेचीकाेसी ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरूमा संगठन विस्तार एवम् भित्तेलेखन अभियानलाई तिव्र बनाएको छ ।

पार्टीका सबै भातृ संगठनहरू यतिबेला झापा, माेरङ, सुनसरी लगायतका जिल्लाहरूमा धमाधम भित्तेलेखन गरिरहेका छन्,। पार्टी निकट अखिल क्रान्तिकारी, युवा संगठन नेपाल र स्वयं पार्टी यतिबेला अभियानमा जुटेको हो ।

पार्टी निकट युवा संगठन नेपालले संगठन विस्तार अभियानको उद्घाटन गर्दै भित्तेलेखन तथा संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ। सबै कम्युनिस्ट बामपंथी , देशभक्त एकताबद्ध बनाैँ, बैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि अगाडि बढाैँ, एकीकृत जनक्रान्ति जिन्दावाद , लगायतका नाराहरू जिल्लाका विभिन्न स्थानहरूमा भित्तेलेखन अभियान चलाएको छ।

त्यस्तै पार्टी निकट विद्यार्थी संगठन अखिल( क्रान्तिकारी) मेचीकाेसी ब्युरोले पनि वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना गराैँ,वैज्ञानिक समाजवाद जिन्दावाद , शिक्षामा भएको माफियाकरणकाे अन्त्य गर, दैत्य शिक्षा प्रणालीको अन्त्य गर लगायतका विभिन्न नाराहरू लेख्दै जिल्ला सम्मेलन तथा २२ अाैँ राष्ट्रिय सम्मेलनको तिव्र तयारी गरिरहेको छ।

युवा संगठन नेपाल झापाले बिहिवार झापाको दमकबाट युवा जागरण तथा संगठन बिस्तार अभियान औपचारिक रुपमा सुरु गरेको थियोे ।

लामो समय प्रतिबन्ध खेपेकाे नेकपाले प्रतिबन्धताका पनि मेचीकाेसी ब्युराेमा अाफ्नाे उपस्थितिलाई बलियो रूपमा प्रस्तुत गरेको थियोे । प्रतिबन्ध हटेसँगै यतिबेला ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरूमा नेकपाकाे संगठन विस्तार तथा भित्तेलेखन अभियानले जिल्लाहरू नेकपामय बनेका छन्, ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here