३०० जनाको निःशुल्क उपचार

0
779

बिर्तामोड ।

इलामको माइ नगरपालिका –६ महमाईमा एक दिवसिय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एक्तेन मुभिज प्रालि बिर्तामोडको आयोजना तथा कनकाई हस्पिटल बिर्तामोडको प्राविधिक सहयोग र माई नगरपालिका वार्ड नं. ६ को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

इलामको महमाईमा भरपर्दो अस्पताल समेत नभएको र त्यहाँका विरामी उपचार गर्न झापाको बिर्तामोड आउनुपर्ने वाध्यता भएकाले त्यहाँका वासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले निःशुल्क स्वास्थ्य शिविर गरिएको एक्तेन मुभिज प्रालिका अध्यक्ष गोपाल एक्तेनले बताए ।

शिविरमा तीन सय जना विरामीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथैै एक महिनासम्म पुग्ने औषधि निःशुल्क बितरण गरिएको कन्काई हस्पिटल बिर्तामोडका पूर्व अध्यक्ष महेन्द्रबहादुर राईले बताए ।

उनले शिविरमा सहभागि विरामी उपचारका लागि कनकाई हस्पिटल आए उपचारमा १५ प्रतिशत छुट प्रदान गरिने बताए ।

शिविरमा सहभागिलाई कनकाई हस्पिटल बिर्तामोडका बरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा. राजेशकुमार महतो, बरिष्ठ जनरल फिजिसियन डा. धर्मेन्द्रकुमार यादवलगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

एक्तेन मुभिज प्रालिका अध्यक्ष गोपाल एक्तेनको अध्यक्षता तथा माई नगरपालिकाका प्रमुख दिपककुमार थेवेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक्तेन मुभिज प्रालिका सचिव नरेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

कार्यक्रममा माई नगरपालिका वार्ड नं. ६ अध्यक्ष मुखराज आङ्देम्बेलगायतले एक्तेन मुभिज प्रालि र कनकाई हस्पिटलले इलामको महमाईमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर त्यस क्षेत्रका वासिन्दाको मन जितेको बताए ।

कार्यक्रमको सञ्चालन कलाकार तथा कोरियोग्राफर राज सुब्बा लावतीले गरेको कनकाई हस्पिटलका कर्मचारी अभय भुजेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here