महासंघ अध्यक्षमा प्रधानसम्पादक गिरीसहित तीन जनाको उम्मेदवारी

0
899

बिर्तामोड, नेपाल प्रेस युनियन नेतृत्वको लोकतान्त्रिक प्यानलले नेपाल पत्रकार महासंघ झापाको निर्वाचनमा दुई सदस्य पदमा निर्विरोध हुँदै बिजयी शुरुवात गरेको छ ।
आइतवार भएको मनोनयनमा महिला सदस्य पदमा प्रेस युनियनकी स्वस्तिका आचार्य महिला सदस्यमा र प्रेस संगठनबाट कार्यसमिति सदस्य ( मधेशी) सन्तोष शर्मा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुको औपचारिक घोषणा हुन वाँकी छ । उनीहरुसहित १० जना निर्विरोध भएका हुन् । निर्विरोध हुनेहरुमा प्रदेश परिषद् सदस्य समावेशीमा युनियनकै अनुषा चुडाल, सन्तोष अग्रवाल रहेका छन् ।
त्यस्तै प्रदेश परिषद् सदस्य समावेशीमा पुजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकार चन्द्र राजवंशी रहेका छन् । केन्द्रीय परिषद् सदस्यमा दिपीन राई निर्विरोध भएका छन् । यसैबीच नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा झापामा तीन जनाको उम्मेद्वारी परेको छ ।
पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरी, तीर्थ सिग्देल र विशाल नेम्वाङको अध्यक्षमा उम्मेदवारी परेको हो । पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीले अध्यक्ष पदमा व्यसायिक पत्रकारहरुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् ।


दुई दशकदेखि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका गिरीले तीन कार्यकालदेखि निरन्तर महासंघमा रहेर नेतृत्व गरिरहेका छन् । सहसचिव, सचिव र उपाध्यक्ष पदमा रहेर कार्यकाल सफल रुपमा सम्पन्न गरिसकेका गिरी झापाली पत्रकार माझ परिचित नाम हो । पत्रकारको व्यक्तित्व, नेतृत्व र क्षमता विकासमा उल्लेख्य भूमिका निर्वाह गरेका गिरीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
२६३ मतदाता रहेको झापामा अध्यक्षका प्रत्यासी गिरी सबै माझ लोकप्रिय रहेका छन् । पत्रकारहरुका आस्था र विचारलाई सम्मानजनक ढंगले व्यवहार गर्ने गिरीले सबै पत्रकारलाई समान नजरले हेर्दै आएका छन् । व्यावसायिक र श्रमजीवी पत्रकारको पक्षमा रहेका गिरीले कोरोना संक्रमणको समयमा समेत झापाली पत्रकारहरुको सामुहिक विमा गराएर जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पत्रकारहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले सहारा पत्रकार उपचार कोषको संयोजकको समेत जिम्मेवारी सम्हालेर कोषमा गिरीकै नेतृत्वमा ५० लाख रुपैयाँ संकलन भइसकेको छ । झापाली पत्रकारहरुले आफूलाई बिजयी गराए कोषलाई एक करोड रुपैयाँ पु¥याएर पत्रकारहरुको उपचार बिमा गर्ने दृढ संकल्प आफूले गरेको अध्यक्षका प्रत्यासी गिरीको भनाइ छ । विभिन्न सामाजिक संघ– संस्थाको समेत सफल नेतृत्व सम्हालिसकेका गिरी वीरता जेसीजका पूर्वअध्यक्ष समेत हुन् ।
उता अध्यक्ष पदका लागि प्रेस चौतारी (ओली समूह) बाट नेम्वाङ र प्रेस चौतारी (नेपाल समूह) बाट सिग्देलको उम्मेदवारी परेको हो । त्यस्तै खुल्ला उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । जसमा नेपाल प्रेस युनियन नेतृत्वको समूहबाट केशव भट्टराई, प्रेस चौतारी (ओली समूह)बाट गोपाल झापाली, प्रेस चौतारी (नेपाल समूह) बाट मुक्ति पौडेल र (ओली समूह)कै बागी उम्मेदवारका रुपमा हिमालचन्द्र खरेलको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा एक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला उपाध्यक्षमा प्रेस युनियनकी सुशीला संग्रौला र प्रेस चौतारी (ओली समूह)की सावित्रा दाहालको उम्मेदवारी छ । सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियनको समूहबाट प्रेस संगठनका डिकेश लामा, प्रेस चौतारी ( नेपाल समूह) बाट सुव्रत न्यौपाने र प्रेस संगठनकै बागी उम्मेदवारका रुपमा प्रेमकुमार आचार्यको उम्मेदवारी परेको छ । सहसचिव खुल्ला सदस्यमा प्रेस युनियनको नेतृत्व समूहबाट प्रेस संगठनका राजु पाठक र प्रेस चौतारी ओली समूहका बिनोद सापकोटाको उम्मेदवारी छ ।
समावेशी सहसचिवमा एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा प्रेस युनियनका अर्जुन राजवंशी, प्रेस संगठनका पार्थ मण्डल र प्रेस नेपालका देशराज नेम्वाङको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । युनियनकै तर्फबाट मिडिया नेपालका रञ्जीत प्रसाई र प्रेस चौतारी ओली समूहका रमेश तिवारीको उम्मेदवारी रहेकोछ । त्यस्तै दलित सदस्यमा रञ्जीत परियार, नरेश खाती, किशोर उपरकोटीको उम्मेदवारी परेको छ भने जनजाति सदस्यमा सेसेहाङ फियाक र राजन साम्पाङको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै विष्णुप्रसाद पौडेल, मनिषा चम्लागाँई, होमप्रकाश अधिकारी, डम्वर बराल, बिनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लागाई, ँ तिलक तामाङ योञ्जन, जशोदा राजवंशीले पनि खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् । प्रदेश परिषद् सदस्यमा ईश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टीकाराम उप्रेतीले उम्मेदवारी दिएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्य महिलामा अम्विका भण्डारी, रेजिना गौतम, भीमाकुमार शिवाकोटीले उम्मेदवारी दिएका छन् । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा डण्डीराज घिमिरे( विवेक), चेतन अधिकारी, गोपाल काफ्ले, ज्ञानेन्द्र निरौला, कृष्ण हुमागाँई र लक्ष्मण ढकालले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here