प्रदेश १ : मन्त्री आङ्बुहाङको सांसद पद खोसियो

0
850

विराटनगर,

पार्टी परित्याग गर्दै प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई माओवादी केन्द्रले पदमुक्त गरेको छ। पार्टी परित्याग गर्दै मन्त्री बनेको आङ्बुहाङलाई माओवादी केन्द्रले १० दिनपछि सांसदबाट पदमुक्त गरेको हो।

सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारबाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

पार्टीको निर्देशनविपरीत मन्त्री बनेपछि पार्टीले पदमुक्त गरिसकेको जानकारी गराउदै आङ्बोले भने ,‘ आज बस्ने प्रदेशसभा बैठकमा पदमुक्त गरेको जानकारी गराउछौं।’ गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।

टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here