आठ महनिामा सयबढी आपराधिक घटना

0
954

काँकरभिट्टा ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको मतहतकाक्षेत्रमा पछिल्लो दुई आर्थिक वर्षमा क्रमस ओरालो लाग्दैं गएको विभिन्न आपराधिक घटना चालु आर्थिकवर्ष २०७७/२०७८ को पहिलो आठमहिनामा सयभन्दा बढी पुगेको छ ।

कार्यालयको अपराध अनुसन्धान शाखाको त्रि-वर्षिय तुलानात्मक अपराध तथ्याङले यस्तो देखाएको हो । शाखाका अनुसार आर्थिक वर्ष २०७५/२०७६ मा कुल १ सय ६९ वटा विभिन्न प्रकारका आपराधिक घटना दर्ता भएका थिए । ती मध्ये १ सय ४८ वटा फस्र्याेट भएपनि २१ वटा पछिल्लो आर्थिक वर्षकालागि सरी आएको कार्यालयले जनाएको छ । कुल १ सय ६९ वटा विभिन्न प्रकारका आपराधिक घटनामा संलग्न १ सय ८३ जना प्रतिवादीलाई प्रहरी पक्राउ गरेको थियो ।

तर, आर्थिक वर्ष २०७६/२०७७ मा त्यो संख्या घटेर १ सय २२ मा सिमित रह्यो । ९५ वटा फस्र्याेट भएपनि २१ वटा मुद्घा समयमै किनारा लाग्न सकेनन् । त्यसमा संलग्न १ सय ४२ जना प्रतिवादी पक्राउ परेको तथ्याङक प्रहरीसँग छ । चालु आर्थिक वर्ष २०७७/२०७८ को पहिलो आठमहिनामा १ सय २ वटा मुद्घा दर्ता भएका छन् । त्यसमा संलग्न ८७ जनालाई प्रहरीले पक्राउ गरेपनि ७३ वटामात्र मुद्घा फस्र्याेट भएका छन् भने २९ वटा फस्र्याेट प्रक्रियामा छन् ।

चालु आर्थिकवर्षको यो अवधिमा दर्ता भएका कुल मुद्घा मध्ये सवैभन्दा बढी आत्महत्या र लागूऔषधका छन् । कार्यालयको अनुसार यो अवधिमा २० जनाले झूण्डिएर र २ जनाले बिष सेवन गरी कुल २२ जनाले आत्महत्या गरेको तथ्याङक प्रहरीसँग छ । सवैभन्दा बढी कात्तिक महिनामा ५ जनाले झूण्डिएर आत्महत्या गरेका थिए । साउन, असोज,मंसिर र पुसमा २/२ भदौमा ३, तथा माघमहिनामा ४ जनाले झूण्डिएर आत्महत्या गरेका थिए ।

यसैगरी लागुऔषधका ३३ वटा मुद्घा दर्ता भएका छन् । अभद्र व्यवहारका १६, बहुविवाह, भवितव्य ज्यान, ठगी, सवारी ज्यानका १/१, जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका ५/५, चोरीका ४, मृत अवस्थामा फेला, बालयौन दूरुपयोग र कर्तव्य ज्यानका ३/३, पानीमा डुवेर मृत्यु भएको २ वटा मुद्घा दर्ता भएका छन् ।

प्रहरीले आपराधिक घटना हुने संम्भावितक्षेत्रमा चौवीसै घण्टा गस्ती गरिरहेको, क्यूआरटीसहित सादा पोशाकमा समेत प्रहरी परिचालन गरिरहेको छ । जस्ले यस्ता घटन हुन नदिन सहयोग पुग्ने प्रहरीको भनाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here