कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार

0
610

सुनसरी।

कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका–३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।

बुधबार अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here