भोजपुर ।

भोजपुरको हतुवागढी गाउँपालिका–२ मा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
बिहान ७ बजेको समयमा घोडेटारबाट भोजपुर तर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अनियन्त्रीत भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका रामप्रसाद राई गाउँपालिका–७ का २० बर्षीय नविन राईको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।































