पत्रकार महासंघ इलामका अध्यक्षमा बिप्लब निर्बाचित

0
572

गणेश अर्याल /इलाम ।

नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा बिप्लब भटराई निर्बाचित भएका छन । बिप्लबले १ सय ६ मत ल्याएर बिजयी भएका हुन । उनका निकतम प्रतिस्पर्धी सुजन तिम्सिनाले ४८ मत पाएका छन् ।

त्यसैगरी महिला उपाध्यक्षमा सुनिता राईले ९६ मत ल्याउदा उनको प्रतिस्पधी बुध्दमाया सोङमीले ५७ मत पाएकी थिइन ।

त्यस्तै सचिब पदमा प्रेम अधिकारीले ८९ मत पाएर बिजयी हुदा उनको प्रतिस्पर्धि राजेश पराजुलीले ६३ मत पाएका छन् । अन्य पदमा सर्बसहमत भए पनि अध्यक्ष महिला उपाध्यक्ष र सचिब पदमा भने निर्बाचन भएको थियो ।

इलाम शाखाका कुल १ सय ७५ मतदाता मध्ये १ सय ५५ मत खसेको थियो । प्रदेश समिति र केन्द्रको लागि भएको निर्बाचनको मतगणना भोली बिहान ९ बजे बाट गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here