महिलालाई क्षमता अभिवृद्धि तालिम

0
1137

तुलसीप्रसाद निरौला,बिर्तामोड  ।

अलैंची व्यवसायी महासंघ महिला सञ्जालको आयोजनामा बिर्तामोडमा क्षमता अभिवृद्धि तालिम शुरु गरिएको छ ।

सञ्जालकी अध्यक्ष सुष्मा पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष सुमित्रा भट्टराईले स्वागत गरेकी थिइन् ।

सञ्जालकी सदस्य शान्ता विष्टले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, निर्वमान अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, प्रदेश संयोजक गोमा भट्टराई, एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिममा सहभागीलाई प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय श्रोतव्यक्ति संगीता थापाले महिलाको हक अधिकार र लैंगिक समानताको विषयमा तालिम प्रदान गरिरहेको बताइएको छ ।

कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव संगीता चिमरियाले गरेको अलैंची व्यवसायी महासंघका कार्यालय प्रमुख अनिल ढुंगानाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here