अर्जुनधाराका बंगुरपालक कृषकहरुलाई उद्यमी बनाउन तालिम

0
526

अर्जुनधारा ।

नगरमा रहेका बंगुरपालक कृषकहरुलाई व्यावसायिक ज्ञान र सीप प्रदान गरी उद्यमी बनाउने उद्धेश्यले झापाको अर्जुनधारामा तीन दिने बंगुर पालन सम्बन्धी तालिम बिहीबारदेखि सुरु भएको छ ।

नगर पशुपंक्षी, कछुवा तथा मत्स्य विकास शाखाद्वारा आयोजित उक्त तालिमको कार्यक्रमकी अध्यक्ष एवम् उपप्रमुख कमला खतिवडा आचार्यले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन् ।

सहजकर्ताहरु शाखा प्रमुख राई, भेटनेरी अधिकृत देवी लिम्बू र पशु सेवा प्राविद्यिक बेनुप बस्नेतले सहजिकरण गर्ने तालिममा २० जना कृषक सहभागी छन् । तालिममाा बंगुरपालनको व्यवस्था, बंगुरको जात, खोर व्यवस्थापन, नश्ल सुधार, रोग, प्रजनन, औषधी, बीमालगायतको विषयमा सहजिकरण गरिने सहजकर्ता बस्नेतले जानकारी दिए ।

नगर पूर्वाधार समितिका संयोजक रमेश त्रिखत्री, अर्जुनधारा बंगुर व्यवसायी समूहका अध्यक्ष पदम सुनुवारलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा कला साहित्य र संस्कृति समितिकी संयोजक सुशिला सुवेदी, विपद् व्यवस्थापन समितिकी संयोजक लक्ष्मी तामाङ राई, क्षमता विकास समितिकी संयोजक हरिमाया दाहाललगायतको उपस्थिती रहेको थियो ।

आर्थिक समितिकी संयोजक दिलमाया दासले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख पदमलाल राईले गरेका थिए । सहजकर्ता बस्नेतका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८को स्वीकृत बजेटमा बंगुर व्यस्थापनका लागि सात लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

विनियोजन भएको उक्त बजेट कृषकहरुसँगको साझेदारीमा खोर व्यवस्थापन र पाठापाठी खरिद गर्न लगानी गरिने सहजकर्ता बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here