प्रगति र बालज्योतीका विद्यार्थीहरुलाई स्कूल ब्याग र विद्यालय पोशाक

0
1137

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित कालिस्थान माध्यमिक विद्यालय अन्र्तगत रहेको प्रगति बाल विकास केन्द्रका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमकोबीच स्कूल ब्याग वितरण गरिएको छ ।

केन्द्र व्यवस्थापन समितिकी अध्यक्ष बुद्धमाया चापागाईं कट्टेलको अध्यक्षता र वडाध्यक्ष पुष्पकुमार प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २४ जनालाई उक्त ब्याग वितरण गरिएको हो ।

सामाजिक अभियन्ता मिलन राईको पहलमा उक्त ब्यागहरु हाल इजरायलमा कार्यरत् भीमाकुमारी वन पुरी “सविता”बाट सहयोग प्राप्त भएको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष प्रसाईं, दाताको परिवारबाट ससुरा डम्बर पुरी र सासु लीलामाया पुरीले विद्यार्थीहरुलाई उक्त ब्यागहरु प्रदान गरेका थिए ।

दाताकोतर्फबाट डम्बर पुरीलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा अभिभावक अनिता कट्टेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शिक्षक गोमादेवी पनेरुले गरेकी थिइन् ।

यता युवा व्यवसायीहरु देव न्यौपाने, मनोज शर्मा र हुसेन इस्लामको संयुक्त सहयोगमा स्थानीय बालज्योती प्राथमिक विद्यालयका २३ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको सामाजिक अभियन्ता राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here