कपडाको झोला बनाउने तालिम सम्पन्न

0
1014

दुहागढी ।

कपडाको झोला बनाउने १८ दिने तालिम झापा मेचीनगर १४ दुहागढीमा सम्पन्न भएको छ ।

स्थानीय श्रेय सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा मेचीनगर नगरपालिका १४ नं. वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

स्थानीय १७ जना महिलाहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक निर्मला भण्डारीले सहजीकरण गरेकी थिइन् । प्लाष्टिकजन्य झोलाको प्रयोग न्युनीकरण गर्ने उद्देश्यका साथ सञ्चालित तालिममा सहभागीहरुलाई १० प्रकारका कपडाका झोला बनाउने सिप प्रदान गरिएको जनाइएको छ ।

कार्यपालिका सदस्य बिन्दा प्रसाईँको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा विश्व थापा, जीवन प्रसाईँ, गोपीराज मैनाली, नगर परिषद् सदस्यहरु लाल महमद मियाँ, सुरेश बुढाथोकी लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष कृष्णकुमारी सुबेदीको सभापतित्व तथा सचिव मेनुका घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गोमा ढकाल, संस्थाकी व्यवस्थापक हरिमाया बराल, सहभागी कल्पना खड्का, मेचीनगर १४ का वडा अध्यक्ष शंकरप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here