सहाराका सदस्यलाई साढे आठ करोड सुविधा

0
1293

झापा।

सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले आठ महिनामा आठ करोड रुपैयाँ आफ्ना सदस्यलाई सुविधा प्रदान गरेको छ ।

सहाराले विभिन्न शीर्षकमा आफ्ना सदस्यलाई आठ करोड ५२ लाख ५४ हजार २ सय ८७ रुपैयाँ सहयोग गरेको हो । जसमा सामाजिक सुरक्षा उत्तरदायित्व योजना अन्तरगत ५ सय १२ एकल महिलाका लागि ४० लाख ९६ हजार रुपैयाँ सहयोग गरेको छ ।

ज्येष्ठ पोषण कार्यक्रम अन्तरगत एक सय ३ जनालाई ६ लाख १८ हजार, ज्येष्ठ सदस्य सम्मान ६९ जनालाई ५ लाख ५२ हजार, वृद्ध सदस्य १० जनालाई एक लाख अशक्त अपाङ्ग हौसला कार्यक्रम अन्तरगत ४ जनालाई ४० हजार, ६ जना एकल पुरुषलाई ३६ हजार, सदस्य संरक्षण कार्यक्रम अन्तरगत एक जनालाई २० हजार ९ सय ५० रुपैयाँ गरी ६८ लाख ४५ हजार ३ सय ३७ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सहारा नेपाल सहकारी संस्थाले नै सञ्चालन गरेको जीवन वरदान कार्यक्रम अन्तरगत सदस्य तथा कर्मचारी उपचारका लागि ३ करोड ६५ लाख ११ हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सो कार्यक्रम अन्तरगत ८ सय ६ जनालाई २ करोड ९७ लाख ४५ हजार ९ सय ४१ रुपैयाँ सहयोग गरेको छ ।

कोभिड –१९ को उपचारका लागि मात्रै २५ लाख २७ हजार ३ सय ४३ रुपैयाँ सहयोग गरेको छ । स्वास्थ्य परीक्षणमा ५३ हजार ९ सय ७५ रुपैयाँ, स्वास्थ्य हेरचाह अन्तरगत एक लाख ४९ रुपैयाँ, सञ्जीवनी सुगर, प्रेसर अन्तरगत ३७ लाख ४६ हजार ४८ रुपैयाँ, सुत्केरी पोषण बितरण अन्तरगत २ लाख ८२ हजार ३० रुपैयाँ र कोभिड सहायता कार्यक्रम अन्तरगत ६ लाख ८६ हजार रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै दशकर्म तथा वार्षिकी कार्यक्रमका लागि एक करोड ८५ लाख ४० हजार रुपैयाँ, परिवार राहतका लागि ४ लाख ५० हजार र खान पुगोस् दिन पुगोस् कार्यक्रम अन्तरगत ३ करोड ६५ लाख ११ हजार ५ सय रुपैयाँ प्रदान गरेको सहकारीका अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए ।

२०५२ साल फागुन ११ गते प्रारम्भिक भेला आयोजना गरेर ३३ जना बाट ३४ हजार शेयर पुँजी संकलन गरेर डिभिजन सहकारी कार्यालय झापामा दर्ता भएको सहकारीले प्रविधिमा एटिएम, ट्याब्लेट बैंकिङ, मोवाइल बैंकिङ, क्यूआर कोड लगायतको काम गरिरहेको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

विपन्न आवास कार्यक्रम अन्तरगत विपन्न नागरिकको आवास निर्माणलाई प्राथमिकता दिँदै आएको छ । यो सरकारको पनि प्राथमिकताको कार्यक्रम भएकाले स्थानीय, प्रदेश सरकारसँग साझेदारी गर्दै आवास कार्यक्रमलाई अघि बढाएको सहकारीका कार्यकारी निर्देशक गिरीले जानकारी दिए । झापा, मोरङ र सुनसरीमा यो कार्यक्रम सञ्चालन गरिरहेका छौं, त्यसै कार्यक्रम अन्तर्गत १८ सय आवास बनाइसकेको छौं,क्रमशः निर्माणलाई अघि बढाउँछौं – प्रबन्ध निर्देशक गिरीले भने प्रदेश १ को ६ जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरमा सहकारीले सेवा क्षेत्र विस्तार गर्दै काम गरिरहेको छ ।

सहकारीमा अहिले एक लाख ५० हजार सदस्य आवद्ध छन् । आवद्ध सदस्य मध्ये पछिल्लो आठ महिनामा विभिन्न शीर्षकमा उक्त रकम सहयोग गरेको सहकारीका अनुगमन अधिकृत रायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here