नेत्रहिन संघद्वारा ज्येष्ठ सदस्यलाई सम्मान

0
569

बिर्तामोड ।

झापा नेत्रहिन संघले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।

जंगबहादुर बेगटीको ८२ औं जन्मजयन्ती तथा नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर संघले आफ्ना ज्येष्ठ सदस्य द्रोणर्चाय निरौललाई नगदसहित सम्मान गरेको हो । संघले ६३ वटा झुल र शैक्षिक सामग्री समेत वितरण गरेको संघका सचिव भोजकुमार तामाङले बताए ।

संघकी अध्यक्ष यसोदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बिर्तामोड नगरलिकाका प्रमुख ध्रुवकुमार शिवकोटीले नेत्रहिनको समस्या समाधान गर्न नगरले सहयोग गर्ने बताए ।

कार्यक्रममा नागरिक उड्डयान कार्यालय झापाका प्रमुख मुरारी पौडेल, नेपाल चेम्बर अफ कर्मशका झापा अध्यक्ष ओम बिमली, पार्वता बिमली, सत्यनारायण शमा, गोपाल खनाल, प्रेमप्रकाश सिटौला, डा. गौरी शंकर झा, उर्मिला बिमली(खरेल) मनोज उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

होमनाथ राजवंशीले स्वागत गरेको कार्यक्रममा दिलकुमार राजवंशीले औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव भोजकुमार तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here