ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

0
697

पाँचथर।

पाँचथरको फाल्गुनन्द गाँऊपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका सह–चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानीगाँउका २३ बर्षीय कालीबहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here