देवभूमिका विद्यार्थीहरुलाई सिरुवा पर्व बारे जानकारी दिन कार्यक्रम

0
993

अर्जुनधारा ।

हाम्रो संस्कृति, हाम्रो सम्पदा, हाम्रो पहिचान भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ इङलिस सेकेन्डरी स्कूलले सिरुवा पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

राजवंशी समुदायको मुख्य चाडकोरुपमा रहेको सिरुवा पर्वको महत्वसँगै उक्त पर्व मनाउनुपर्ने कारणका विषयमा विद्यार्थीहरुलाई जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको स्कूलका डाइरेक्टर सुमन शर्मा जम्मरकट्टेल बताउँछन् ।

डाइरेक्टर जम्मरकट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका सहसचिव अर्जुन राजवंशी र आदिवासी अभियन्ता सनम राजवंशीले सिरुवा पर्व, मनाउने विधि र त्यसको विशेषता बारे जानकारी गराएका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ झापाका उपाध्यक्ष पाण्डवलाल चौधरी, अर्जुनधारा प्रेस क्लबका कोषाध्यक्ष अमित खम्बूलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन प्रिन्सीपल राकेशकुमार कट्टेलले गरेका थिए ।

सिरुवा पर्वबाट अभियान सुरु गरेको विद्यालयले आगामी दिनमा अन्य समुदायहरुले मनाउने चाडपर्वसँगै विभिन्न दिवसको सन्दर्भमा पनि यस किसिमको कार्यक्रमको आयोजना गरिने डाइरेक्टर जम्मरकट्टेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here