नयाँ वर्षको अवसरमा फलफूल वितरण

३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

झापा ।

झापा बिर्तामोड–७ हर्चनाकी बर्षा सिटौलाले नयाँ बर्षको अवसरमा पूर्णटुङ्ग विर्ता सिटी हस्पिटलमा उपचाररत् विरामी तथा कर्मचारीलाई फलफूल वितरण गरेकी छिन् ।

अस्टे«लियामा बस्दै आएकी बर्षाका बुवा तथा सामाजिक व्यक्तित्व श्रीप्रसाद सिटौलाले विहीवार छोरीको आग्रहमा फलफूल वितरण गरेका हुन् । सिटौलाले विरामी र कर्मचारीसहित १ सय ५० जनालाई फलफूल वितरण गरेका थिए ।

त्यसैगरी सिटौलाले इलाम–३ का रुखबाट लडेर घाइते भई बिर्तामोडको विएण्डसी हस्पिटलमा उपचारत दीपक मुखियालाई काठमाडौसम्म लाने एम्वुलेन्स खर्च प्रदान गरेका छन् । मुखियाको रुखबाट लडेर कम्मरदेखि मुनिको भाग नचल्ने भएको छ ।

उनले बिर्तामोड उद्योग बाणिज्य संघको आग्रहमा मुखियालाई काठमाडौसम्म लाने एम्बुलेन्स भाडा वापत २२ हजार रुपैयाँ उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here