शिक्षकलाई योग शिक्षा तालिम

0
596

चारआली ।

पातञ्जल योग मेचीनगर नगर समितिको आयोजनामा नव बर्ष २०७८ को अवसर पारेर पहिलो चरणको स्थानीय पाँच वटा वाडाको बिद्यालयका शिक्षकहरुलाई योग शिक्षक तालिमको उद्घाटन गरिएको छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले योग शिविरको उद्घाटन गरेकी हुन् । पातञ्जल योग समिति मेचीनगर नगर समितिका अध्यक्ष टेकेन्द्र ढकालको सभापतित्वमा सम्पन्न समारोहलाई स्वागत उपाध्यक्ष लेखनाथ निरौलाले गरेका थिए ।

केन्द्रीय सदस्य गंगाप्रसाद ढकाल, जिल्ला अध्यक्ष श्याम ल्वागुन, वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण सिग्देल, मेनपा–१का वडाध्यक्ष पासाङ तामाङ, प्रदेश नं. १की सदस्य अनिता गुरागाँई, प्रदेश समितिका उपाध्यक्ष केशब ताम्राकार लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले पातञ्जल योग समितिलाई नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताइन् । स्थानीय ५वटा वडाका २५ वटा बिद्यालयका ३५ जना शिक्षकहरुले १५ दिनको योग शिक्षक प्रशिक्षण ब्रम्ह मुहूर्तको समयमा बैशाख २गतेबाट लिँदैछन् ।

दोश्रो चरणमा अन्य ५वडाको काँकरभिट्टामा र तेश्रो चरणको बाँकी ५वटा वडाहरुको बाहुनडाँगीमा प्रशिक्षण चल्ने गरी सञ्चालित कार्यक्रमको सञ्चालन सचिब रमेश दाहालले गरेको कोषाध्यक्ष पबित्रा दाहालले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here