वैशाख २३ वटा झापामा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

झापा ।

झापाको बिर्तामोडमा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ हुने भएको छ ।

वैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश , तीन वटा विभागीय टिम र आयोजक टिमीले सहभागीता जनाउने बीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताउनुभयो ।

शुक्रवार झापाको बिर्तामोडस्थित जेसीजको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको विषयमा जानकारी दिँदै तौल समूहका आधारमा ६ वटा पुरुष समूह र ४ वटा महिला समूह गरी १० वटा तौल समूहबीच प्रतिष्पर्धा हुने खेल संयोजक दिपेन धिमालले बताउनुभयो ।

प्रतियोगितामा खेलाडी सहित एक सय ५० भन्दा बढीको सहभागीता रहेने बताइएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ बिर्तामोडस्थित मेहरमानस्मृति प्रतिष्ठानको कवडहलमा प्रतियोगिताको आयोजना गर्न लागिएको बीरता जेसीजका महासचिव एलसी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न १९ लाख २५ हजार रुपैयाँको लागत अनुमान गरिएको छ । प्रतियोगिताका विजयीले मेडल, ट्रफी,मायाको चिनो तथा प्रमाणपत्र सहित एक लाख रुपैयाँ नगद हात पार्ने छन् । आठौं सगबाट तेक्वान्दो खेलले सागमा प्रवेश पाएको थियो ।

आठौं दक्षिण एशियाली खेलकुद सागमा नेपालले १४ वटा स्वर्ण पदक जितेर ‘क्लिन स्विप’ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । तेक्वान्दोले नवौंमा ६ स्वर्ण, १० मा २ स्वर्ण र ११ औं संस्करणमा दुई वटा स्वर्ण जित्न सफल भएको थियो ।

तेक्वान्दो खेल प्रति खेलाडीको उत्साह बढ्दै गएपछि झापामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोजिता गर्न लागिएको बताइएको छ । कोरोनाको संक्रमण वढ्दै गएमा प्रतियोगिताको तालिका हेरफेर हुन सक्ने आयोजकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here