स्वरोजगार बनाउन १५ युवालाई रकम प्रदान

४ बैशाख २०७८, शनिबार मा प्रकाशित

बिर्तामोड ।

भापाको बिर्तामोडमा रहेको समुन्नत बचत तथा ऋण सहकारी संस्थाले १५ जना युवालाई स्वरोजगार बनाउने उद्धेश्यले २५ लाख रुपौंया नगद प्रदान गरेको छ ।

शनिबार बिर्तामोडमा कार्यक्रमको आयोजना गरेर उक्त रकम बराबरको रकम हस्तान्तरण गरेको सहकारीका कार्यसमिति सदस्य नविन बरालले जानकारी दिए ।

युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सचिवालयद्धारा सञ्चालित एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा कृषि उपज व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेल, युवा तथा साना व्यवसायी कोष समन्व्यका जिल्ला सचिव सन्तोष सापकोटा लगायतले बोलेका थिए । समुन्नत बचत तथा ऋण सहकारी सयुक्त समितिका सदस्य चैतन्यप्रकाश मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रामजी पोखरेलले गरेका थिए ।

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्धेश्यले तालिमको आयोजना गरेर रकम हस्तान्तरण गरिएको बताइएको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यले युवाहरुलाई बिना धितो रकम प्रदान गरिएको बताइएको छ । कृषि पेशामा आवद्ध बिर्तामोड र अर्जुनधाराका युवाहरुलाई रकम हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here