महामारीबाट बच्न स्रष्टाको भूमिका

0
656

काठमाडौँ,

साहित्य सन्ध्याको ४१५औँ मासिक शृङ्खलामा कोरोना महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टाहरुको भूमिका हुनुपर्ने आग्रहसहित रचना वाचन गरिएका छन् ।

कार्यक्रममा जनस्वास्थ्यविद् डा रवीन्द्र समीरले नयाँ भाइरसले लक्षण नदेखिइकन निमोनियामा लाने र कुनै कोठामा सङ्क्रमित भएमा अरुलाई हावाबाट सर्न सक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । मानवजीवनको रक्षा साहित्यको पनि अभिष्ट भएको उहाँको भनाइ थियो ।

जुम प्रविधिबाट सञ्चालित कार्यक्रममा चूडा निर्भीक, डम्बर पहाडी ‘एलाक’, विधान आचार्य, धीरकुमार श्रेष्ठ, ललिता दोषी, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, बन्दना पौडेल, देबु लुइँटेल, रमेश गौतम पाल्पाली, डा सावित्री श्रेष्ठ, प्रा डा भीम खतिवडा, प्रशान्त खरेल, दिव्यलक्ष्मी पोखरेल, कात्यायन, कृष्णदेव रिमाल, गङ्गा कर्माचार्य पौडेल, प्रा डा जीवेन्द्रदेव गिरी र राम विनयले कविता, गजल, गीत, हाइकु वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै समालोचक प्रा राजेन्द्र सुवेदीले शरीर स्वस्थ भए स्वस्थ भावना, विवेक र कल्पना विकसित हुने र साहित्य सिर्जनामा सहयोग मिल्ने बताउनुभयो ।

प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा गिरीले कोरोना महामारीका समयमा साहित्यकारले के–कस्तो सावधानी अपनाउनुपर्दछ र कस्तो साहित्य सिर्जना गरी सन्त्रास कम गराउन र बच्न सकिन्छ भन्ने विषयमा बहस हुनु सकारात्मक भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here