पूर्वाञ्चलकर्मी बोहरा सम्मानित

५ बैशाख २०७८, आईतवार मा प्रकाशित

इलाम,

‘नयाँ बुलन्द डटकम अनलाइन’को पाँचौ वार्षिकोत्सवका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा पूर्वाञ्चलकर्मी युद्धबहादुर बोहरा सम्मानित हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ पाँचथरका कार्यसमिति सदस्य बोहरालाई बुलन्दका सम्पादक राम योङ्हाङ र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले सम्मान गर्नुभयो ।

नयाँ बुलन्द र पूर्वाञ्चल दैनिकमा कार्यरत बोहरा पाँच वर्षयता पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here