विश्वप्रकाश शर्माको संगीतमा छोरी स्वीकृतिले ल्याइन् गीत (भिडिओ)

५ बैशाख २०७८, आईतवार मा प्रकाशित

झापा ।

धेरैले विश्वप्रकाश शर्मालाई नेपाली कांग्रेसका प्रवक्ताका रूपमा चिन्छन्। उनी राजनीतिमा मात्र क्रियाशील भने छैनन्।

शर्मा संगीतकार पनि हुन्। उनकी छोरी स्वीकृतिले गाएको गीतमा शर्माले संगीत भरेका छन्। नयाँ वर्षको अवसरमा ‘मिसले सोध्नु भो’ बोलको यो गीत युटुवमा सार्वजनिक भएको छ।

शर्माकी छोरी स्वीकृतिको शब्द र स्वरमा यो गित बजारमा आएको छ। उक्त गितको एरेन्ज भने महोहर सुनामले गरेका छन्। रेकडिस्ट भोला पौडेल हुन् भने म्युजिकल भिडिओ निर्देशन नवल नेपालले गरेका छन्।

यो गीतमा भगवान देखेकोबारे विद्यार्थी र शिक्षकबीच कुराकानीको प्रसंग छ। शिक्षकको प्रश्नमा जवाफ दिएकी छात्राले आमालाई भगवान् भनेकी छन्।

दोस्रो भगवानका रूपमा बाबालाई चर्चा गरिएको छ। साथै गुरूहरूलाई पनि भगवानका रूपमा गीतमा उल्लेख गरिएको छ। यो गीतको छायांकन काठमाडौं उपत्यकाभित्रकै एक विद्यालयमा गरिएको छ।

म्युजिकल भिडिओमा गायिका स्वीकृति शर्मा, गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमरे र बाल कलाकार अन्भेक्सा कटुवालले भूमिका निर्वाह गरेका छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here