डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

५ बैशाख २०७८, आईतवार मा प्रकाशित

सुनसरी।

डाँका मुद्दाका ५ फरार प्रतिबादीहरुलाई पक्राउ गरी आइतबार सार्बजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी–१३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ,मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी-११ का ३० बर्षीय सर्वन उराव रहेका छन ।

उक्त समूहले २०७७ साल फागुन ६ गते सुनसरी बर्जु–१ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई सो समुहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६५ केएफ लेखिएको एक राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको तथा उनीहरु विरुद्ध थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here