तेह्रथुममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

0
638

तेह्रथुम,

तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ नम्बरको जिप लाप्छायाङ टोलमा आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा चालक मेन्छ्यायेम गाउँपालिका-५ का करिब ४६ वर्षीय कृष्ण खापुङको मृत्यु भएको प्रहरीले जनाएको छ। जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

सो दुर्घटनामा परी घाइते भएका कृष्णको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिपमा उनी मात्रै रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here