तीन जना ज्येष्ठ नागरिकलाई सम्मान

६ बैशाख २०७८, सोमबार मा प्रकाशित

दुर्गापुर ।

ज्येष्ठ नागरिक संघ, कनकाई नगर समितिको आयोजनामा शनिबार समाजमा महत्वपूर्ण भूमिका नर्वाह गरेका तीन जनालाई सम्मान गरियो ।

समितिको चौथो वार्षिक साधारणसभाको अवसरमा ज्येष्ठ नागरिक चौतारी भवन कालीमुढामा आयोजित कार्यक्रममा पूर्वजन प्रतिनिधि तथा अन्वेषक ८५ वर्षीय हरिध्वज खत्री, पूर्व प्रधानाध्यापक आशा शर्मा र ६८ वर्षीया मनमाया खवासलाई सम्मान गरिएको हो ।

समितिका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटीको अध्यक्षता र नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष दुर्गादेवी ओलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

ज्येष्ठ नागरिक संघ जिल्ला अध्यक्ष हरि ओलीको विशेष आतिथ्य रहेको कार्यक्रममा नगरभित्रका सुस्त श्रवण भएका आठ जना ज्येष्ठ नागरिकलाई श्रवणयन्त्र वितरण गरिएको थियो । कार्यक्रममा रुद्रप्रसाद चिमरिया, कुलप्रसाद संग्रौला, दिलीप शर्मा लगायतले बोलेका थिए ।

गोपालप्रसाद चुडाल र कार्यक्रम संयोजक धनपति मैनालीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले आगामी एक वर्षभित्र नगरका सबै वडामा ज्येष्ठ चौतारी निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव शम्भुप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here