इटहरी कनकाई भेट्रान कपको सेमिफाइनलमा

६ बैशाख २०७८, सोमबार मा प्रकाशित

सुरुङ्गा ।

झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड भेट्रान क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इटहरीका लागि पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा इटहरीका डेनिम राईले खेलको १५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २८औँ मिनेटमा जोनी मोक्तानले गोल गर्दै इटहरीको अग्रता दोब्बर बनाए । २–० गोलको स्थितिमा बिर्तामोडका दिपक राईले २६औँ मिनेटमा गोल गरेर अन्तर कम गरे ।
तर, ३४औँ मिनेटमा डेनिम राईले व्यक्तिगत दोस्रो गोल गर्दै इटहरीलाई ३–१ गोलको स्थितिमा पुराए । उनले फ्रिकिकमार्फत गोल गरेका हुन् । यसैबीच, दोस्रो हाफको ५ मिनेटमा दिपक राईले दोस्रो गोल गर्दै बिर्तामोडलाई ३–२ को अन्तरमा समेटे पनि जीत हुन सकेन । खेलको ७२औँ मिनेटमा इटहरीका कुमार राईले गोल गर्दै फराकिलो गोलअन्तर निकालेर जीत सुनिश्चित बनाए ।

खेलको म्यान अफ दी म्याच इटहरीका डेनिम राई घोषित भए । उनलाई दुर्गा प्रसाईको तर्फबाट आयोजक कनकाई भेट्रान क्लबका अध्यक्ष दिनानाथ खतिवडाले नगद २ हजार प्रदान गरे । डेनिमलाई नै पहिलो गोलकर्ताको रुपमामा स्थानीय फुटबलप्रेमी लय उप्रेतीले नगद १ हजार पुरस्कार पनि दिए ।

कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । सोमबार धरान भेट्रान क्लब र विराट बुद्ध भेट्रान क्लब विराटनगरबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

प्रतियोगिताको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए । क्लबका अध्यक्ष राजेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोख्रेल, ३ नम्बर वडाध्यक्ष रुद्रप्रसाद चिमरिया र कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिनानाथ खतिवडाले मन्तव्य राखेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here