अधिकारीले मन्दिरको अक्षयकोषमा रकम जम्ममा गरेर जन्मदिन मनाए

६ बैशाख २०७८, सोमबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोड–३ ग्रामकालीटोलका टिका अधिकारीले आफ्नो जन्मउत्सवको अवसरमा मन्दिरमा रहेको अक्षयकोषमा रकम प्रदान गरेका छन् ।

जन्मदिनमा केही सामाजिक कार्य गर्ने लक्ष्यका साथ अधिकारीले विर्तामोड ३ ग्रामकाली मन्दिरलाई पाँच हजार एक सय ५१ रुपैंया नगद प्रदान प्रदान गरेका हुन् । सहकारीकर्मी अधिकारीले आफ्नो जन्मोउत्सवमा सो रकम अक्षयकोषको अभिबृद्धिका लागि जम्मा गरेको बताए ।

अक्षयकोष दाता अधिकारी विराट बहुउद्देश्यीय सहकारीमा कर्जा सुपरिवेक्षक, ग्रामकाली अखण्डदीप टोल विकास संस्थाको सचिव, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विर्तामोड नगरसमिति निवर्तमान सहसचिव हाल सल्लाहकार सदस्य, विराट सामुदायिक अध्ययन केन्द्र सदस्य, नारायण गोपाल स्मृति प्रतिष्ठान अक्षयकोष दाता, नेपाल बाल संगठन झापाको सदस्य लगायत विभिन्न संघसंस्थाका आवद्ध सामाजिक काममा सक्रिय रुपमा लागेका छन् ।

सबैले जन्मदिनमा केकमा गर्ने खर्चलाई कटाएर सामाजिक भावना सहित लगानी गर्ने हो भने समाज रुपान्तरणमा कोषेढुङ्गा हुनसक्छ भन्ने भावना राखेर आफूले अक्षयकोषमा रकम जम्मा गरेको अधिकारीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here