आज पुस्तक दिवस

१० बैशाख २०७८, शुक्रबार मा प्रकाशित

पुस्तक दिवस प्रचलन स्पेनबाट शुरु भएको हो । यस दिन विश्वभर विभिन्न साहित्य समारोह र उत्सवहरु मनाइन्छ । तसर्थ, आज लेख्न, पढ्न रुचाउनेहरुको उत्सव भनेर पनि भन्न सकिन्छ ।

हरेक वर्षको अप्रिल २३ तारिखलाई पुस्तक दिवसका रुपमा मनाउने गरिएको छ । ‘पुस्तक’ शब्दहरुको समूह हो । जसले धर्म, संंस्कृति, सस्कार, सभ्यता, अध्यात्म, दर्शन, ज्ञान्, विज्ञान, इतिहासलाई बोकेको हुन्छ । जीवन सुधार र जिउने कला र ज्ञानको भण्डार हो पुस्तक । पुस्तक नै जीवन ज्योति हो । जसले मार्गदर्शक बनेर मानव सभ्यतालाई सरल र सही ढङ्गमा उत्प्रेरित गर्दछ । यसकारण हरेक क्षेत्रमा पुस्तकको महत्व रहेको छ ।

प्राचीन समयबाट नै पुस्तकलाई पवित्र मानिन्छ । पुस्तकमा देवताको वास हुन्छ भन्ने कुरामा हामी विश्वास गर्दछांै । हाम्रो सनातन धर्म, परम्पराका युग अनुसार सत्य युगमा पुस्तकका देवता भनेर शिवजीलाई चिनिन्छ । त्रेता युगमा सूर्य र द्वापर युगमा प्रजापति ब्रह्मा थिए र कलियुगमा स्वयम् हरिको पुस्तकमा वास छ भन्ने मान्यता छ ।

हामी नेपालीहरु या विशेषगरी हिन्दू धर्मावलम्बीहरुको संस्कार, शिक्षामा नै छ कि पुस्तकमा देवताको वास हुन्छ र हामीले पुस्तकको पूजा गर्नुपर्दछ भन्ने विश्वास र मान्यता छ । यदि झुक्किएर खुट्टाले पुस्तक छोएमा पनि हामी शिर झुकाएर नमन गर्दै माफी माग्दछौं । कुनै पनि पुस्तकको पाना च्यात्नु, पुस्तकलाई हेला गर्नु भनेको धर्म र संस्कारको विपरीत जानु हो । पूर्णरुपमा हाम्रो समुदाय शिक्षित नभए पनि सम्पूर्ण समुदाय र सिङ्गो देशलाई नै पुस्तकप्रति सम्मान र यसको बृहत महत्व रहेको छ । हामीकहाँ श्री पञ्चमीमा सरस्वती पूजाको नाममा हरेक वर्ष सरस्वतीको मूर्तिसहित पुस्तक पूजा, स्तुति नमन गर्ने प्रचलन छ । प्राचीनकालदेखि नै हामीमा भागवत गीता, रामायण, श्री स्वस्थानी जस्ता विश्व प्रख्यात महान पुस्तकहरु पढ्ने र व्यवहारमा लागू गर्ने ज्ञान र संस्कार बसेको छ ।

पछिल्लो समयमा पुस्तक दिवस नेपाली समाजमा विशेष बन्दै गएको छ । ‘पुरानो कोट लगाऔं नयाँ पुस्तक किनौंं’ हाम्रो प्राचीन मान्यता रहेको छ । तसर्थ, यहाँ पुस्तकको चाह र माया विशेष छ । विश्वमा पुस्तक पढ्नेहरुको संख्या बढ्दै गएको छ । पूर्वीयकालमा ऋषि, आचार्य, गुरु, पुरोहितहरु नै रचनाकार, लेखक हुने गर्दथे । वर्तमान समयमा पुस्तक लेख्नेहरुको होडबाजी चलिरहेको छ । हरेकलाई लेखक बन्नुछ । कतिपय लेखकहरुले भाषाशैली तथा शब्द छनौटमा सजकता नअपनएको हुँदा कतिपय पुस्तकले अदालतसम्मको यात्रा गर्नु परेको छ ।

बजारमा विभिन्न प्रकारका, विभिन्न शीर्षकमा अनेकौं पुस्तकहरु आइरहन्छन् । तर, हालसम्म नेपालमा पुस्तक प्रकाशन सम्बन्धी कुनै नीति बन्न सकेको छैन । जसले गर्दा राम्रा पुस्तक प्रकाशनमा आउन नसकेको अवस्था छ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा समेत आउन सक्ने अवस्था छैन ।

नेपालमा धेरैजसो ग्रामीण क्षेत्रहरु छन् र सम्पूर्ण क्षेत्रमा इन्टरनेटको पहुँच नरहेको हुनाले विश्वमा ई–पुस्तक लेख्ने र पढ्ने प्रवृत्ति अगाडि बढीरहँदा नेपालमा भने यो चुनौतिपूर्ण रहेको छ । नेपालमा ७०% मानिसले पुुुस्तक पढ्ने गरेका छन् । विश्वमा अनुसन्धनात्मक पुस्तकहरुलाई बढी मान्यता दिइन्छ । तर, पुस्तक प्रकाशन र व्यवस्थापनमा सरकारको कुनै नीति नरहेको हुनाले समाजमा अपच हुनेखालका पुस्तकले स्थान पाएको महशुस हुन्छ । उता कति पुस्तक प्रकाशन भए भन्ने तथ्यांक छैन र पुस्तकको बिक्री–वितरणमा पनि मनमर्जी रहेको पाइन्छ । तसर्थ, नेपाल सरकारले तुरुन्त पुस्तक सम्बन्धी नीति ल्याउन अति आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here