नेपाल–बंगलादेश व्यापारमा नेपाल घाटा व्यहोर्न बाध्य

११ बैशाख २०७८, शनिबार मा प्रकाशित

काँकरभिट्टा ।

पूर्वी नाका काँकरभिट्टा भएर बंगलादेशसँग हुने नेपालको व्यापार घट्दो छ । शुरुवाती केही वर्ष बाहेक हरेक वर्ष व्यापार नेपालको पक्षमा भए पनि चालूआर्थिक वर्ष २०७७/०७८को पहिलो नौ महिनामा काँकरभिट्टा नाका भएर बंगलादेशसँग हुने नेपालको व्यापार शुरुवाती समयमा झै घट्दो अवस्थामा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ । यो अवधिमा नेपालले यो नाका हुँदै बंगलादेशसँग हुने व्यापारमा ३ खर्व रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ ।

भन्सार अधिकारीहरुका अनुसार काँकरभिट्टा नाका भएर बंगलादेशसँग हुने नेपालको व्यापारमा निर्यात भन्दा आयात बढी भएकाले नेपालको व्यापार घट्दो अवस्थामा रहेको हो । चालूआर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि चैतमसान्तसम्म ३ खर्व ४५ अर्व १४ करोड ५९ लाख ७० हजार रुपैयाँ मूल्य बराबरका बस्तु आयात हुँदा निर्यात भने ४४ अर्ब ६७ करोड ७७ लाख १३ हजार रुपैयाँ मात्र छ ।

यो अवधिमा ३ खर्व ४६ करोड ४२ लाख ५७ हजार रुपैयाँ नेपालको व्यापार घाटा रहेको तथ्याङ्कले देखाएको छ । नेपालले वंगलादेशसँग औपचारिक व्यापार शुरु गरेको २३ वर्ष भयो । २०५४ भदौ १४देखि नेपालले बंगलादेशसंग औपचारिक व्यापार थालेको हो ।

काँकरभिट्टा– फूलवारी–वंगलाबन्द मार्ग सञ्चालन भएसँगै दुई देशको व्यापार शुरु भएको थियो । बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसंगको व्यापार बर्षेनि नेपालको पक्षमा हुन्थ्यो । एकजना भन्सार अधिकारीका अनुसार पछिल्ला केही वर्षको तथ्यांङ्कले बंगलादेशसंगको व्यापार क्रमशः ओरालो लाग्न थालेको छ ।

‘आर्थिक वर्ष २०६४÷०६५देखि आर्थिकबर्ष २०७०/२०७१सम्म आइपुग्दा नेपालले कहिल्यै नोक्सान सहनु परेको थिएन्’– प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भने– ‘गहुँ र मुसुरोको दाल निर्यातले मुख्य भूमिका निर्वाह गरेको थियो । अहिले गहुँको निर्यात शून्य झंै छ दालको निर्यात हरेक वर्ष घट्दै छ यसैका कारण नेपालले घाटा सहनु परेको हो ।’ विगतमा जस्तो दाल निर्यात नहुनुको कारण भारतले नाकामा कडाइ गर्नु र पर्याप्त दाल नेपाल भित्रिन नपाउँदा बंगलादेश निर्यात समेत घटेको सरोकारवालाको बुझाइ छ । विगतमा दाल जस्तै गहुँ बंगलादेश निर्यात हुन्थ्यो त्यो पनि बन्द छ ।

काँकरभिट्टा–फूलवारी–बंगलाबन्द मार्ग सञ्चालन भएको १७ वर्षमा २५ अर्व ४३ करोड १८ लाख मूल्यको नेपाली सामान निर्यात तथा आठ अर्व ८० करोडभन्दा बढी मूल्यको सामान बंगलादेशबाट आयात भएको थियो । नेपालबाट मुसुरो दलका अतिरिक्त डावर नेपालका उत्पादनहरु मह, हजमोला, च्यवनप्रास, कपालमा लगाउने तेल प्रमुख रुपमा निर्यात हुन्छन् ।

त्यस्तै चिराइतो, मजितो, रिठ्ठालगायतका जडीवुडीहरु पनि वंगलादेश निर्यातको सूचीमा रहेको तथ्याङ्कमा उल्लेख छ । बंगलादेशवाट कटन वेष्ट, औषधि, फेव्रिक, जुट, चिनी, दूध पाउडर, आलुलगायत वस्तु आयात हुन्छन् । बंगलादेशमा नेपाली तरकारीजन्य वस्तु र फलफूलको अत्यधिक माग छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here