लोकतन्त्र दिवसको अवसरमा रक्तदान

११ बैशाख २०७८, शनिबार मा प्रकाशित

झापा, कतन्त्र दिवसको अवसर पारेर झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्मन्न भएको छ ।
कृषि थोक वजार व्यवस्थापन समिति बिर्तामोडको आयोजना तथा फलफूल तथा तरकारी संघको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको कार्यक्रमको अध्यक्षता कृषि थोक वजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलले गरेका थिए ।
कायक्रमको प्रमुख आतिथ्य १ नम्वर प्रदेश सदस्य एकराज कार्कीको रहेको । उनले कार्यक्रमको व्यानर पढेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान गर्नेमा दुई महिला रहेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here