शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागेपछि…

0
801

मोरङ।

मोरङको केराबारी गाउँपालिका–३ का ३२ बर्षीय हस्तवहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।

गत वैशाख ८ गते साँझ उनी सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बूसंग शिकार खेल्न गएकोमा बैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्तबहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागेर मृत्यु भएको भनेर प्रहरीलाई खबर गरे लगतै घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट गएको प्रहरी टोलीले घटनास्थलबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो ।

घटना सम्बन्धमा थप बुझ्न प्रहरीले गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर हस्तवहादुरको घटनास्थलमा मृत्यु भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

पक्राउ परेका विरुद्ध ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसूरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here