बिर्तामोड ।

राष्ट्रिय संयुक्त धार्मिक मञ्चका अध्यक्ष रामचन्द्र बानियाँलाई मातृ शोक परेको छ ।
झापाको बिर्तामोड–३ निवासी ८२ वर्षीया मनमाया बानियाँको निधन भएको हो । लामो समयदेखि बाथ तथा अल्सर र क्यान्सर रोगबाट ग्रसित बाँनियाँको निधन भएको पारिववारीक स्रोतले जनाएको छ । विस १९९६ फागुन १५ गते ताप्लेजुङमा जन्मिएकी बानियाँका तीन छोरा र दुई छोरी रहेका छन् ।
छोराबुहारीमा देउकुमार–विमला, रामचन्द्र–मैया र बलबहादुर–कमला बानियाँ रहेका छन् । छोरीज्वाइँमा विष्णुमाया–खमहादुर कार्की र धनकुमारी–पूर्णबहादुर दाहाल रहेको छन् । रामचन्द्र विश्व हिन्दु अन्तराष्ट्रिय महासंघका सदस्य समेत रहेका छन् ।
विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहेका रामचन्द्र पछिल्लो समय राजनीतिक क्षेत्रमा पनि आवद्ध रहेका छन् ।































