कोभिडविरुद्ध एकताबद्ध हुन प्रमको निर्देशन

0
612

काठमाडौँ,

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गर्नुभयो ।

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो”, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी दिँदै कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पङ्क्ति सक्रिय हुन र जिल्लाजिल्लामा आवश्यक तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

शनिबार साँझ प्रधानमन्त्रीका उपस्थितिमा बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट विस्तारित बैठकमा निकालिएको निष्कर्षका बारेमा आज जानकारी दिइएको बताउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो समय असाध्यै धेरै सङ्क्रमण फैलिने कोभिड –१९ को नयाँ भेरियन्ट देखिएको र त्यसका लागि निकै अक्सिजनको आवश्यकता पर्ने भएकाले नयाँ सिलिण्डर व्यवस्था गर्ने, खोपलाई विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको बताउनुभयो ।

सङ्क्रमणबाट बच्न पूर्णरुपमा बन्दाबन्दी गर्ने सोच नभएको जनाउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “सकभर जनजीविकामा प्रतिकूल असर पर्ने गरी बन्दाबन्दी गर्ने तयारी छैन, लकडाउन आफैंँमा अन्तिम समाधान होइन, त्यसैले जनतालाई स्वास्थ्य मापदण्ड पालना गराई मुलुकभर कोभिड महामारीको सामना गर्ने तयारी सरकारको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here