राप्रपा झापाको अध्यक्षमा ओझा सर्वसम्वत

१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

झापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल झापाको अध्यक्षमा केशवप्रसाद ओझा सर्वसम्मत चयन हुनु भएको छ ।
पार्टीको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ओझा अध्यक्ष पदमा चयन हुनु भएको हो । यस अघि ओझा पार्टीको सचिव पदमा रहेर महत्वपूर्ण जिम्वेवारी सम्हाल्दै आउनु भएको थियो ।


दुई दिन अघि नै पार्टीको जिल्ला अधिवेशनबाट पदाधिकारीको टुङ्गो लागेपनि अध्यक्ष पदका लागि पार्टीका उपाक्ष्यक्ष कमल खरेल र सचिव ओझाले इच्छा देखाएपछि अध्यक्ष पदमा सहमति जुटेको थिएन । तर, अध्यक्ष पदका लागि उपाध्यक्ष खरेलले सचिव ओझालाई अध्यक्ष छाडेपछि अध्यक्षमा ओझा सर्वसम्वत चयन हुनु भएको हो ।
यो संगै राप्रपा झापाको कार्यसमितिले पूर्णता पाएको छ । समितिको सदस्यहरुमा क्षेत्र नम्वर १ बाट सुशील आचार्य, भेषराज प्रसाई, शारदा पराजुली, सुशीला शर्मा चयन भएका छन् ।

झापा क्षेत्र नम्वर २ बाटा हेम प्रसाद भट्टराई, भीमनाथ सापकोटा, मनोजकुमार वोहोरा,नवराज भट्टराई, वेदप्रकाश अग्रवाल,कुशुम राई र तारा वस्नेत चयन भएका छन् ।
क्षेत्र नम्वर ३ बाट शेरवहादुर तामाङ, सीतादेवी लम्साल, खगेन्द्र पाण्डे, दीलकेशर थापा, निमसरी राजवंशी, रुद्रमणि आर्याल, अभिशेक ढुङ्गाना, लक्ष्मीदेवी मैनाली, कृष्ण कुमार सुब्बा चयन भएका छन् ।
झापा क्षेत्र नम्वर ४ वाट तारामाया राई, राम न्योपाने, सहरमान कटुवाल, खेमराज कार्की, शंकर नेपाल र विष्णुभक्त थापा चयन भएका छन् ।

झापा क्षेत्र नम्वर ५ बाट भने विजय बराल, भीमादेवी घताने, राम तामाङ, भीमवहादुर वस्नेत, भरीपूर्ण राई विष्णु प्रसाद पौडेल, सेलिना राई, देवी वहादुर थापा, र चन्द्र वहादुर थापा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच झापाका १५ वटै स्थानीय तह र पाँच वटै निर्वाचन क्षेत्रका लागि रााप्रपाले नेतृत्व चयन गरेको छ । १५ स्थानीय तह मध्ये मेचीनगरमा सविना वजगाई, भद्रपुरमा राधा कार्की, विर्तामोडमा रञ्जु प्याकुरेल, अर्जुनधारामा सूर्य खतिवडा अध्यक्षमा चयन हुनु भएको छ ।

त्यस्तै कनकाईको अध्यक्षमा ज्योति उप्रेती, शिवसताक्षीमा मणिकुमार खड्का, कमलमा दीपक खरेल, गौरादहमा शान्तिराम पौडेल, दमकमा हेम सुवेदी र गौरीगञ्जमा गणेश पोखरेल अध्यक्षमा चयन हुनु भएको छ ।
यता वाह्रदशी गाउँपालिकामा पीवी कटुवाल, झापामा चन्द्रवहादुर कार्की, हल्दिवारीमा राकराज राना मगर, कचनकवलमा रविन्द्र ओझा, वुद्धशान्तिमा नारायण न्यौपाने अध्यक्ष पदमा चयन भएको निर्वाचन समिति संयोजक भवानी राजवंशीले बताउनुभयो ।
त्यस्तै झापा क्षेत्र नम्वर १ ‘क’ को प्रदेश अध्यक्षमा राजकुमार राई, ‘ख’मा डिकेश राई चयन हुनु भएको छ । त्यस्तै २ ‘क’मा शंकर रिजाल, ‘ख’मा लवकुश गिरी अध्यक्षमा चयन हुनु भएको हो ।
झापा क्षेत्र नम्वर ३ को ‘क’ मा पूर्ण वहादुर राना र ‘ख’ मा रविन्द्र लिङ्देन अध्यक्षमा चयन हुनु भएको छ ।
झापा क्षेत्र नम्वर ४ को ‘क’ मा भने खेम वराल र ‘ख’मा प्रकाश थापा चयन हुन भएको छ भने ५ को ‘क’ मा इश्यू दाहाल तथा ‘ख’ को अध्यक्षमा जयवहादुर गुरुङ चयन हुनु भएको निर्वाचन समिति सह संयोजक टंक कट्वालले जानकारी दिनुभयो ।

नेतृत्व चयनका लागि भएको कार्यक्रममा पार्टीका नेता राजेन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो । उहाँले निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here