४८ जनाले रक्तदान गरे

0
781

बिर्तामोड,

घैलाडुव्बा युवा क्लब कनकाई नगरपालिका –९ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको पाविधिक सहयोगमा भएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।

घैलाडुब्बा युवा क्लबका अध्यक्ष गोविन्द उप्रेतीको अध्यक्षता तथा कनकाइ नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कायक्रममा क्लबका सल्लाहकार चन्द्रमोहन उप्रेतीले स्वागत गरेका थिए। कायक्रममा शिक्षासेवि रत्न खवास, खेलाडी कृष्ण प्रसाद उप्रेती, जग्गादाता सूर्य राजवंशीलाई सम्मान गरिएको थियो। कार्यक्रममा घैलाडुब्बा ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशीले बोलेका थिए ।

कार्यक्रममा ‌‌‌‌‌सन्द‌‌र्भ बहुउद्देश्यीय सहकारी संस्था, नारी चेतना सक्षम संस्था, आरोग्य बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहआयोजना भएको थियो। कायक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका मन्त्री चन्द्रप्रसाद चुडाल, जनप्रतिनिधिहरु शान्ता चुडाल, मुना शिवा ‌,नरमान श्रेष्ठ, चुवालाल राजवंशीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाका सभापति केशब शर्मा ‌‌‌‌‌बिडारीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here