मेचीनगरका सवै विद्यालयका वार्षिक परीक्षा स्थगित

१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

मेचीनगर,

मेचीनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका सवै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गरिएको छ ।

बैशाख १२ गतेको सिसिएमसीको प्रेस विज्ञप्ती अनुसार भौतिकरुपमा हुने पूर्व निर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि नगरभित्र सञ्चालनमा रहेका सवै खाले विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको नगर शिक्षा शाखाले जनाएको छ । शाखा अनुसार नगरभित्र ४१ समुदायिक, निजी ५९ र धार्मिक गरी कुल एकसय ९ वटा विद्यालय रहेका छन् ।

२०७७ सालको वार्षिक परीक्षा सञ्चालनका सम्बन्धमा नगर प्रमुख विमल आचार्यको अध्यक्षतामा सोमबार शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधिहरु, तथा प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरुको छलफलबाट यस नगरपालिकाको पुर्व निर्धारित परीक्षाका सम्पूर्ण कार्यक्रमहरु अर्काे सूचना नहुञ्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले बताउनुभयो ।

यदि अनुगमनका क्रममा यो सूचनाको उल्लंघन गरी परीक्षा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत भण्डारीले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here