४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न

0
439

भक्तपुर,

विनाशकारी भूकम्पको गएको छ वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । सोे अबधिमा जिल्लामा ४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।

जिल्लामा पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० र प्रवलीकरण गर्नुपर्ने ६५२ गरी कूल २९ हजार ३०२ लाभग्राही सूचीमा परेपनि हालसम्म १२ हजार ३३२ निजी आवास पुनर्निर्माण सम्पन्न गरेको कार्यालयका इञ्जिनियर भोजराज भट्टले जानकारी दिनुभयो ।

पुनर्निर्माण लाभग्राहीमध्ये २५ हजार १५४ले अनुदान सम्झौता गरेका छन् । यसमध्ये २४ हजार १५४ले प्रथम किस्ता, १३ हजार १९६ले दोस्रो किस्ता र १२ हजार ३३२ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम किस्ता ८८ प्रतिशत, दोश्रो किस्ता ४६ प्रतिशत र तेश्रो किस्ता लैजाने ४३ प्रतिशत रहेका छन् । पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने ११ हजार ८२२ रहेको छ ।

यस्तै पूर्णक्षति नभएको तर प्रवलिकरण गर्नुपर्ने निजी आवास अन्तर्गत प्रवलिकरण लाभग्राही सूचीमा रहेका ६५२ मध्ये ३८० जनाले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोश्रो किस्ता लैजाने पाँच लाभग्राही मात्रै रहेका छन् ।

जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ५२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनर्निर्माणका लागि सात हजार १३२ ले प्रथम किस्ता, चार हजार १७४ले दोश्रो किस्ता र तीन हजार ९२४ले तेश्रो किस्ताको अनुदान रकम लगेका छन् ।

भूकम्पमा सबभन्दा धेरै आवासमा क्षति पुगेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास निर्माणमा ४८ प्रतिशत सम्पन्न भएको छ । सो नगरपालिका १० हजार १२२ ले प्रथम किस्ता, पाँच हजार ६६९ले दोश्रो किस्ता र पाँच हजार २८७ ले तेश्रो किस्ता लिएका छन् । यस्तै सबभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ४१ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यहाँका दुई हजार ९९ जनाले प्रथम किस्ता, ९९७ ले दोश्रो किस्ता र ९५९ तेश्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनियर भट्टले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यहाँ पाँच हजार ८०१ले प्रथम किस्ता, दुई हजार ३५६ ले दोश्रो किस्ता र दुई हजार १६२ ले तेश्रो किस्ता रकम लगेका छन् ।

जग्गासम्बन्धी मुद्दा मामिला, घर झगडा, बहुस्वामित्वको विवाद, पूराना बस्तीमा जग्गाको क्षेत्रफल सानो, हरित क्षेत्रमा परेको, नगरपालिकाको मापदण्डअनुसार बाटो, जग्गा क्षेत्रफल र नक्सा नरहेको, नरहेकोजस्ता कारणले पुनःनिर्माणमा अझै समस्या आएको छ । समस्या समाधानका लागि कार्यालयले अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम, जनप्रतिनिधीसँग छलफल, इन्सेकलगायत विभिन्न संस्थाले सार्वजनिक सुनुवाई गर्र्दै आएको छ ।

यसैगरी सम्पदातर्फ जिल्लामा कूल १९३ सम्पदामा क्षति भएकोमा भक्तपुरमा ९१ को नगरपालिकासमेतको लगानीमा पुनर्निर्माण सम्पन्न भएको, चारको पुनर्निर्माण क्रम जारी रहेको र छ पुनर्निर्माण हुने क्रममा रहेको छ ।

मध्यपुरथिमिभित्र २३ सम्पदामा क्षति पुगेकोमा सातको पुनर्निर्माण भएको, दुईको काम भइरहेको र चार पुनर्निर्माणको तयारीको क्रममा रहेको छ । त्यस्तै चाँगुनारायणमा १६ सम्पदामा क्षति पुगेकोमा १० को पुनर्निर्माण भएको, चारको काम भइरहेको र थप चारको पुनर्निर्माणको तयारीमा रहेको छ । सूर्यविनायमा भने २९ सम्पदामा क्षति पुगेकोमा नौ पुनर्निर्माण सम्पन्न भएको, दुई पुनर्निर्माण भइरहेको र छ तयारीमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here