५ दिनमैै अग्नि पिडितको घर ५० प्रतिशत सम्पन्न

0
791

आकृती तिम्सीना,
ब्याङडाँडा ।

५ दिन अघि मात्रै शिलान्यास भएको अग्नि पिडितको घर निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । भाषणबाजीमा मात्रै राजनीति गरिरहेका दलहरुको लागि यो कार्यले सबक सिकाएको छ ।

सुख–दुःखमा नेकपा एमाले,गरीब निमुखा सर्वाहारा वर्गको पार्टी भन्ने नाराका साथ अग्नि पिडितको घर निर्माण गर्न सुरु गरिएको ५ दिनमै ५० प्रतिशत कार्य सकिएकोमा अग्नि पिडित रामबहादूर खड्का पनि खुशी देखिन्छन् ।

लगाएको कपडा बाहेक केहि बचाउन सकिएन एक्लैले यो घर निर्माण गर्ने सम्भावना कम थियो युवा संघ नेपाल ,शिवसताक्षीले अभियान चालेपछि घर बन्नेमा पूर्ण विश्वास छ ” पिडित खड्काले भने । युवा संघ नेपालको अभियानसँगै स्थानीय कृतन मण्डली ,संघ–संस्था र छर–छिमेकीले समेत यो घर निर्माणमा सहयोग गरेको उनको भनाई छ । आग लागिबाट प्रहरीको मुचुल्का अनूसार २७ लाख बराबरको धनमाल आगोमा रुपान्तरण भएको थियो ।

यस विषयमा युवा संघ नेपालका अध्यक्ष तथा रामबहादूर खड्का आवास निर्माण समितिका संयोजक फुर्वा लामा ९प्रदिप०ले भने सबै व्यक्तिहरुको सकरात्मक सहयोग छ ,हामीले यो घर तोकिएर्कै समयमा निर्माण पुरा गरेर हस्तान्तरण गर्नेछौ । शिवसताक्षी नगरपालिकामा बारुणयन्त्र नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेपनि युवा संघ नेपालले तत्कालै अभियान सुरु गरेर मलहम पट्टि गरेका छन् ।

आवास निर्माण अभियानका सन्तोष पौडेल भन्छन् “ घर शिलान्यास हुदा ४५ दिनमा घर निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्ने प्रतिवद्धता जाहेर गरेका थियौ ,कामको प्रगतिलाई हेर्ने हो भने समयमै घर पिडितलाई बुझाउने छौ । कसैले बालुवा,गिटी ,सिमेन्ट ,ट्याक्टर लगायतका सामान हामीलाई सहयोग गरिरहेका छन् । उनले भने दाताहरुलाई सकरात्मक सहयोगका लागि धन्यवाद छ ।

युवा संघ नेपालका केन्द्रिय सदस्य निशा निङ्लेकुले स्थलगत रुपमा अवलोकन गरेको बताउदै सबै पक्ष तोकिएकै समयमा काम सम्पन्न गर्न लागेको जानकारी दिइन् । निर्माण भइरहेको घरमा ईटा ,रड,सहितको चार कोठे रङ्गिन जस्ता पाताले छाएको पक्कि भवन हुनेछ ।यसको लागत ६ लाख बढी हुने अभियान समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here